मनाङ। मौसम खुलेसँगै मनाङ ङिस्याङ गाउँपालिका–६, ७, ८ र ९ वडा क्षेत्रमा पर्ने मनाङ भ्याली, नागबेली मर्स्याङ्दी नदी र आसपासको गङ्गापूर्ण ताल मनमोहक देखिन थालेका छन्।
आकाश खुलेपछि मनाङ भ्यालीको प्राकृतिक सौन्दर्य थप आकर्षक देखिएको छ। हिमाली भूगोल, मर्स्याङ्दी नदीको नागबेली बहाव र गङ्गापूर्ण तालको सुन्दर दृश्यले यस क्षेत्रको प्राकृतिक आकर्षण बढाएको छ।
मौसम खुलेपछि स्थानीयवासीसँगै यहाँ पुग्ने पर्यटकले समेत मनाङको प्राकृतिक सौन्दर्यको अवलोकन गर्न पाएका छन्।
तस्बिरकार नवीन लामिछानेले खिचेका मनाङ भ्याली, मर्स्याङ्दी नदी र गङ्गापूर्ण तालका तस्बिर राससमा पठाएका छन्। तस्बिरमा मौसम खुलेपछिको मनाङको आकर्षक प्राकृतिक दृश्य कैद गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्