ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेडेटारको स्काइवाकमा दुई वर्षमा तीन लाखभन्दा बढी पर्यटक


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ११ : १५   बजे

धनकुटा । कोसी प्रदेशको लोकप्रिय पर्यटकीय गन्तव्य भेडेटारमा निर्माण गरिएको स्काइवाक पछिल्लो समय पर्यटकको नयाँ आकर्षण बनेको छ । पारदर्शी सिसामाथिबाट पूर्वी नेपालको प्राकृतिक दृश्य अवलोकन गर्न सकिने भएकाले यहाँ दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् ।

२०८१ साउन ११ गतेदेखि सञ्चालनमा आएको स्काइवाकमा दुई वर्षको अवधिमा तीन लाख नौ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । पर्यटकको संख्या निरन्तर बढ्दै गएपछि स्थानीय पर्यटन व्यवसायीसमेत उत्साहित भएका छन् ।

स्काइवाक सञ्चालन समितिका अनुसार विशेषगरी बिदा तथा चाडपर्वका समयमा यहाँ पर्यटकको उल्लेख्य भीड लाग्ने गरेको छ । स्काइवाकले भेडेटारको पर्यटन प्रवर्द्धनसँगै धनकुटा जिल्लाको आर्थिक गतिविधि बढाउनसमेत योगदान पुर्‍याएको व्यवसायीहरूको भनाइ छ ।

स्काइवाक सञ्चालनपछि स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुनुका साथै होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य पर्यटनसम्बन्धी व्यवसायमा समेत सकारात्मक प्रभाव परेको बताइएको छ ।

पर्यटकलाई नयाँ अनुभवसँगै प्राकृतिक दृश्य अवलोकनको अवसर दिने भएकाले स्काइवाक भेडेटारको प्रमुख पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको कूटनीतिक भेटघाट ‘स्टन्ट’ मात्र : कांग्रेस प्रवक्ता चालिसे

सुनको भाउमा सामान्य करेक्सन, तोलामा १,२०० रुपैयाँ घट्यो

सम्बन्धित

बेनीबजार : धार्मिकस्थल र प्राकृतिक सौन्दर्यको संगम

मान्छे मार्ने धुर्वे हात्तीको अर्को रूप : ‘ज्वाइँ राजा’देखि प्रेमिल जोडीसम्म

ब्रड पिक आरोहणमा ज्यान गुमाएका तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो

सोलुखुम्बुमा तेस्रो रेड पाण्डा म्याराथन हुने

अर्धनिषेधित क्षेत्रको असर : उपल्लो मुस्ताङबाट बढ्दै युवा पलायन

फत्तेपुर दोभान बन्दै भोजपुरको आकर्षक पर्यटकीय गन्तव्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu