म्याग्दी । बेनी नगरपालिका–२ लभ्लीहिलबाट देखिएको म्याग्दीको सदरमुकाम बेनीबजारको दृश्य। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीबजार मुक्तिक्षेत्रको प्रवेशद्वारका रूपमा परिचित छ।
प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेको बेनीबजार हिन्दु तथा बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण स्थल मानिन्छ। यहाँ विभिन्न समुदायका मानिस पूजाअर्चना तथा धार्मिक भ्रमणका लागि पुग्ने गर्छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्