ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास बैंकको नाफा बढ्यो, तर कर्जा गुणस्तरमा देखियो दबाब


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   १० : ५५   बजे

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय स्तरका विकास बैंकहरूले उल्लेख्य नाफा आर्जन गरेका छन्। तर, वित्तीय विवरणलाई गहिराइमा हेर्दा नाफा वृद्धिको आधार केवल व्यवसाय विस्तार र आम्दानी वृद्धि मात्र नभएको देखिन्छ।

आठ राष्ट्रियस्तरका विकास बैंकको प्रारम्भिक वित्तीय विवरणअनुसार अधिकांश बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेको छ। तर, अघिल्लो वर्षको तुलनामा कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम घट्दा बैंकहरूको खुद नाफा बढेको देखिन्छ।

यसले विकास बैंकहरूको नाफा वृद्धिलाई दीर्घकालीन व्यवसाय विस्तारभन्दा कर्जा असुली, जोखिम व्यवस्थापन र प्रोभिजनिङमा आएको कमीसँग जोडेर हेर्नुपर्ने देखाएको छ।

ज्योति विकास बैंकको नाफामा ९०६ प्रतिशत वृद्धि

ज्योति विकास बैंकले नाफामा सबैभन्दा ठूलो वृद्धि गरेको छ। अघिल्लो आर्थिक वर्ष करिब १० करोड रुपैयाँ खुद नाफा गरेको बैंकले गत आर्थिक वर्षमा करिब १ अर्ब ६ लाख रुपैयाँ नाफा कमाएको छ। यो ९०६ प्रतिशतको वृद्धि हो।

बैंकको एनपीएल ७.७५ प्रतिशतबाट घटेर ६.५५ प्रतिशतमा आएको छ। अघिल्लो वर्ष ८७ करोड ८५ लाख रुपैयाँ प्रोभिजनिङ गरेको बैंकले गत वर्ष करिब ३० करोड १२ लाख रुपैयाँ राइटब्याक गरेको छ।

तर, नाफा उच्च दरले बढे पनि बैंकको लाभांश क्षमता ३.२८ प्रतिशतमा सीमित छ।

लुम्बिनीमा एनपीएल बढ्दा पनि नाफा उकालो

लुम्बिनी विकास बैंकको एनपीएल ४.७१ प्रतिशतबाट बढेर ६.९४ प्रतिशत पुगेको छ। तर, बैंकको खुद नाफा भने करिब २४ करोडबाट बढेर ८५ करोड रुपैयाँ पुगेको छ।

नाफामा करिब २५३ प्रतिशत वृद्धि हुनुमा कर्जा नोक्सानी व्यवस्थापन घट्नु प्रमुख कारण देखिन्छ। अघिल्लो वर्ष करिब ७७ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष करिब १३ करोडमा झरेको छ।

मुक्तिनाथमा आम्दानी बलियो, कर्जाको गुणस्तरमा दबाब

मुक्तिनाथ विकास बैंकले विकास बैंकहरूमध्ये सबैभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ। बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ पुगेको छ।

स्प्रेड दर ३.८७ प्रतिशतबाट बढेर ४.५५ प्रतिशत पुगे पनि एनपीएल २.९७ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ।

नाफा बढे पनि लाभांश क्षमता भने अघिल्लो वर्षको १९.२२ प्रतिशतबाट घटेर ८.४५ प्रतिशतमा सीमित भएको छ। यसले बैंकको आम्दानी क्षमता बलियो भए पनि कर्जाको गुणस्तरमा जोखिम बढेको देखाउँछ।

गरिमामा कर्जा विस्तारको प्रभाव

गरिमा विकास बैंकले स्प्रेड दर ४.३७ प्रतिशतबाट घटाएर ४.०४ प्रतिशतमा ल्याएको छ। तर, कर्जा प्रवाह १३.२ प्रतिशतले बढाउँदा खुद ब्याज आम्दानी ५.६३ प्रतिशतले बढेर ३८१ करोड रुपैयाँ पुगेको छ।

बैंकको एनपीएल ४.६९ प्रतिशतबाट सामान्य बढेर ४.७६ प्रतिशत पुगेको छ। कर्जा नोक्सानी व्यवस्थापन करिब ९२ प्रतिशतले घट्दा बैंकको लाभांश क्षमता २०.२३ प्रतिशत पुगेको छ, जुन आठ विकास बैंकमध्ये सबैभन्दा उच्च हो।

अन्य बैंकको अवस्था

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ८३ प्रतिशतले बढेर ११८ करोड रुपैयाँ पुगेको छ। बैंकको एनपीएल ४.९३ प्रतिशत पुगेको छ।

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ४६.६ प्रतिशतले बढेर ८९ करोड रुपैयाँ पुगेको छ। यसको एनपीएल ६.८७ प्रतिशत पुगेको छ।

महालक्ष्मी विकास बैंकको ब्याज आम्दानी १०.७ प्रतिशतले बढेको छ भने एनपीएल ६.३२ प्रतिशत पुगेको छ।

कामना सेवा विकास बैंकले भने तुलनात्मक रूपमा कम एनपीएल कायम राख्दै राम्रो प्रतिफल दिएको छ।

नाफा बढे पनि जोखिम कायमै

समग्रमा, आर्थिक वर्ष २०८२/८३ विकास बैंकका लागि नाफा वृद्धिको वर्ष बनेको छ। तर, अधिकांश बैंकको एनपीएल बढ्नुले कर्जा गुणस्तरमा दबाब कायमै रहेको देखाउँछ।

यस वर्ष प्रोभिजनिङ घट्नु र कर्जा असुलीमा सुधार आउनुले नाफा बढाउन ठूलो भूमिका खेलेको देखिन्छ। त्यसैले यो नाफा वृद्धि कति दिगो हुन्छ भन्ने मुख्य प्रश्न आगामी आर्थिक वर्षमा कर्जा गुणस्तर र असुलीको अवस्थाले निर्धारण गर्नेछ।

अर्थात्, बैंकको नाफा बढेको तथ्य सकारात्मक भए पनि एनपीएल, प्रोभिजनिङ, कर्जा विस्तार र लाभांश क्षमतालाई सँगसँगै हेरेर मात्रै विकास बैंकको वास्तविक वित्तीय स्वास्थ्य मूल्याङ्कन गर्नुपर्ने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किशोर श्रेष्ठको निवास र कार्यालयमा प्रहरीको खानतलासी

सुस्ता जोगाउन रातदिन नदी किनारमा खटिँदै स्थानीय, सरकारी सहयोग बढ्यो

सम्बन्धित

प्यूठानमा खोलाको किनारमा चार जनाको शव फेला, हत्या आशंका

आज ११ जिल्लामा आकस्मिक बाढीको जोखिम

लगानीकर्तालाई नयाँ सुविधा : ब्रोकरबाटै मार्जिन कर्जा, एक वर्षसम्म कारोबार गर्न सकिने

सवारी आयात बढ्यो, सडक–पार्किङ पूर्वाधार सुस्त : ध्रुव थापा

आज ११ जिल्लामा आकस्मिक बाढीको जोखिम

लगानीकर्तालाई नयाँ सुविधा : ब्रोकरबाटै मार्जिन कर्जा, एक वर्षसम्म कारोबार गर्न सकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu