ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायी दीपक भट्टलाई पूरक मुद्दामा निःशर्त रिहाइको आदेश


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   १० : ५५   बजे

काठमाडौं । व्यवसायी दीपक भट्टविरुद्ध दायर गरिएको पूरक सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले उनलाई निःशर्त रिहाइको आदेश दिएको छ। यद्यपि, सम्पत्ति शुद्धीकरणसम्बन्धी मूल मुद्दामा उनलाई थुनामा राख्ने आदेश यसअघि नै भएकाले भट्ट तत्काल रिहा हुने छैनन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध यसअघि दायर गरेको मुद्दामा थप अनुसन्धान गर्दै पूरक अभियोगपत्र दायर गरेको थियो। पूरक मुद्दामा पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई समेत मतियारका रूपमा प्रतिवादी बनाइएको छ।

अभियोगपत्रमा पौडेल अर्थमन्त्री रहेको समयमा पद र प्रभावको दुरुपयोग गरी श्रीराम टोबाको उद्योगको २० प्रतिशत सेयर अर्थात् ३ लाख ७५ हजार कित्ता भट्टको कम्पनीलाई हस्तान्तरण गर्न सहजीकरण गरेको आरोप लगाइएको छ।

उक्त सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले भट्टको कम्पनी हिमालयन एसेट म्यानेजमेन्टलाई हस्तान्तरण गरिएको दाबी अभियोगपत्रमा गरिएको छ। हिमालयन एसेट म्यानेजमेन्ट भट्टको इन्फिनिटी होल्डिङ्सको पूर्ण स्वामित्वमा रहेको जनाइएको छ।

पूरक मुद्दामा भट्टविरुद्ध थप ४७ करोड ७७ लाख ६६ हजार रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको थियो।

मूल मुद्दामा भने थुनामै

भट्ट यसअघि नै सम्पत्ति शुद्धीकरणसम्बन्धी मूल मुद्दामा जेल चलान भएका थिए। आजको आदेश भने पूरक मुद्दासँग मात्र सम्बन्धित भएकाले त्यसबाट उनी तत्काल थुनामुक्त हुने अवस्था छैन।

विशेष अदालतले पूरक मुद्दामा भट्टलाई तारेखमा राख्न नपर्ने तथा थप धरौटीसमेत नलिने निर्णय गरेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किशोर श्रेष्ठको निवास र कार्यालयमा प्रहरीको खानतलासी

सुस्ता जोगाउन रातदिन नदी किनारमा खटिँदै स्थानीय, सरकारी सहयोग बढ्यो

सम्बन्धित

प्यूठानमा खोलाको किनारमा चार जनाको शव फेला, हत्या आशंका

आज ११ जिल्लामा आकस्मिक बाढीको जोखिम

लगानीकर्तालाई नयाँ सुविधा : ब्रोकरबाटै मार्जिन कर्जा, एक वर्षसम्म कारोबार गर्न सकिने

सवारी आयात बढ्यो, सडक–पार्किङ पूर्वाधार सुस्त : ध्रुव थापा

आज ११ जिल्लामा आकस्मिक बाढीको जोखिम

लगानीकर्तालाई नयाँ सुविधा : ब्रोकरबाटै मार्जिन कर्जा, एक वर्षसम्म कारोबार गर्न सकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu