ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछिल्लो पाँच वर्षमा ७० लाख नजिक नेपाली विदेशिए, यूएई पहिलो रोजाइ


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   १० : ५५   बजे

काठमाडौं । पछिल्ला पाँच वर्षमा करिब ७० लाख नेपालीले विदेश यात्रा गरेका छन्। अध्ययन, वैदेशिक रोजगारी, भ्रमण, आफन्त भेटघाट, उपचारलगायत विभिन्न उद्देश्यले विदेश जाने नेपालीको संख्या निरन्तर बढिरहेको छ।

अध्यागमन विभागले सार्वजनिक गरेको ‘वार्षिक पुस्तिका २०८३’ अनुसार सन् २०२१ देखि २०२५ सम्म ६९ लाख ८२ हजार ५९२ जना नेपाली विदेश गएका छन्। तीमध्ये सबैभन्दा धेरैको गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ।

सन् २०२१ मा ६ लाख २६ हजार ४८१ जना नेपाली विदेश गएका थिए। यो संख्या २०२२ मा १३ लाख ९७ हजार २५०, २०२३ मा १५ लाख ७२ हजार ४००, २०२४ मा १६ लाख ८५ हजार ४९२ हुँदै २०२५ मा १७ लाख ९६९ पुगेको छ।

यूएईमा सबैभन्दा धेरै नेपाली

पाँच वर्षको अवधिमा १३ लाख ५९ हजार ४६५ जना नेपाली यूएई पुगेका छन्। वार्षिक औसत २ लाख ७१ हजार ८९३ जना नेपाली यूएई गएको देखिन्छ। सन् २०२५ मा मात्रै २ लाख ९५ हजार ७४३ जना नेपाली यूएई पुगेका थिए।

यूएईपछि कतारमा ८ लाख ८२ हजार ४४५ र साउदी अरेबियामा ७ लाख २१ हजार ८३५ जना नेपाली पुगेका छन्।

Image

Image

Image

Image

भारत पाँच वर्षमा ५ लाख ६९ हजार २६५ नेपाली पुगेका साथ चौथो स्थानमा छ। खुला सीमाका कारण भारत जाने नेपालीको वास्तविक संख्या अझ बढी हुन सक्ने विभागले जनाएको छ।

मलेसियामा ५ लाख २९ हजार १८०, अस्ट्रेलियामा ४ लाख १२ हजार ८२५ र जापानमा ४ लाख ८ हजार ७४० नेपाली पुगेका छन्।

रोजगारी नै मुख्य उद्देश्य

विदेश यात्राको सबैभन्दा ठूलो कारण वैदेशिक रोजगारी देखिएको छ। पाँच वर्षमा ३७ लाख १८ हजार ४१० जना नेपाली रोजगारीका लागि विदेश गएका छन्।

त्यस्तै, ९ लाख ९९ हजार ८७८ जना घुम्न, ५ लाख ८१ हजार ८९१ जना आफन्त भेट्न र ४ लाख ८९ हजार ७८२ जना अध्ययनका लागि विदेश गएका छन्।

यसैगरी ३ लाख ७४ हजार ४०५ जना अस्थायी बसोबास, २ लाख ९९ हजार ३२२ जना स्थायी बसोबास, ९९ हजार ७४६ जना डिपेन्डेन्ट र ७९ हजार ५७ जना उपचारका लागि विदेश गएको तथ्याङ्क छ।

केही देशमा बढ्यो, केहीमा घट्यो

पछिल्लो पाँच वर्षको तुलनामा केही गन्तव्यमा नेपालीको संख्या उल्लेख्य बढेको छ। ओमान जाने नेपालीको संख्या पाँच वर्षको औसतभन्दा सन् २०२५ मा ११७ प्रतिशतले बढेको छ। थाइल्याण्ड जानेको संख्या ७४ प्रतिशत, दक्षिण कोरिया ५९ प्रतिशत र जापान जाने नेपालीको संख्या ५८ प्रतिशतले बढेको छ।

यसको विपरीत मलेसिया जाने नेपालीको संख्या पाँच वर्षको औसत १ लाख ५ हजार ८३६ बाट घटेर सन् २०२५ मा ८९ हजार ६५९ मा झरेको छ।

सन् २०२५ का प्रमुख गन्तव्य

सन् २०२५ मा सबैभन्दा धेरै नेपाली गएको देशको सूचीमा यूएईपछि कतार र साउदी अरेबिया छन्।

  • यूएई: २,९५,७४३
  • कतार: १,८२,४९६
  • साउदी अरेबिया: १,५४,१४३
  • भारत: १,४२,१२४
  • जापान: १,२९,०४९
  • अस्ट्रेलिया: १,१२,१५१
  • मलेसिया: ८९,६५९
  • बेलायत: ६२,८५०
  • कुवेत: ६१,९९७
  • अमेरिका: ५९,९३८

यसले नेपालीको विदेश यात्रा अब वैदेशिक रोजगारीमा मात्र सीमित नभई अध्ययन, भ्रमण, स्थायी बसोबास र पारिवारिक प्रयोजनतर्फ समेत विस्तार भइरहेको देखाउँछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किशोर श्रेष्ठको निवास र कार्यालयमा प्रहरीको खानतलासी

सुस्ता जोगाउन रातदिन नदी किनारमा खटिँदै स्थानीय, सरकारी सहयोग बढ्यो

सम्बन्धित

मौसम खुलेसँगै मनाङ भ्याली र गङ्गापूर्ण तालको मनमोहक दृश्य

गौतमबुद्ध विमानस्थलमा निगमको अपरेटिङ बेस राख्ने तयारी, ए–३२० पाइलटको बेस ट्रेनिङ सुरु

भेडेटारको स्काइवाकमा दुई वर्षमा तीन लाखभन्दा बढी पर्यटक

बेनीबजार : धार्मिकस्थल र प्राकृतिक सौन्दर्यको संगम

मान्छे मार्ने धुर्वे हात्तीको अर्को रूप : ‘ज्वाइँ राजा’देखि प्रेमिल जोडीसम्म

ब्रड पिक आरोहणमा ज्यान गुमाएका तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu