ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेरी करिडोरमा एक महिनादेखि यात्रु सास्तीमा, रुकुम–डोल्पा सडक पूर्ण अवरुद्ध


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   १० : ५५   बजे

रुकुमपश्चिम, साउन २८ गते । त्रिदेशीय व्यापारिक सडकका रूपमा रहेको भेरी करिडोरअन्तर्गत रुकुमपश्चिम–जाजरकोट–डोल्पा सडकखण्ड एक महिनादेखि अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन् । वर्षायाम सुरु भएसँगै बाढी, पहिरो र खहरे खोलामा आएको भेलका कारण सडक पटकपटक अवरुद्ध हुने गरेको हो ।

प्रहरीका अनुसार गत साउन ६ गतेदेखि रुकुमपश्चिम हुँदै डोल्पा जाने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । आठबीसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोलामा आएको बाढी र पहिरोका कारण मुख्य रूपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदबहादुर पौडेलका अनुसार खोलामा पानीको बहाव कम भएको समयमा डोजरको सहायताले मालबाहक सवारीसाधनलाई जोखिम मोलेर पार गराउने गरिएको छ । यात्रुबाहक सवारीसाधन भने पूर्ण रूपमा बन्द छन् ।

रिजेगार्ड खोलामै गत साउन १४ गते खाना पकाउने एलपी ग्यासका ३२० सिलिन्डर बोकेको ट्रक पल्टिँदा ठूलो क्षति भएको थियो । विभिन्न समयमा खोलाको भेलमा फसेका मोटरसाइकलसहित यात्रुहरूको समेत प्रहरीले उद्धार गर्दै आएको छ ।

रिजेगार्ड खोलाका अतिरिक्त आठबीसकोट–६ कै उसुमखोला, मन्काखोला र साङ्ले खोला तथा आठबीसकोट–११ को चिसापानी खोलामा आउने खहरे भेलले समेत सडक अवरुद्ध गर्ने गरेको छ । जाजरकोटतर्फको चौखाखोलालगायत विभिन्न स्थानमा पहिरो खस्दा यात्रु तथा सवारीसाधन जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

पुल र सडक निर्माण अधुरै

भारतबाट नेपाल हुँदै चीन जोड्ने महत्वपूर्ण मार्गका रूपमा रहेको भेरी करिडोरमा विभिन्न स्थानमा पुल निर्माण, सडक ग्राभेल तथा कालोपत्रेको काम अझै पूरा हुन सकेको छैन । जसका कारण वर्षायाममा मात्रै नभई अन्य समयमा समेत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको आठबीसकोट नगरपालिका–६ का वडाध्यक्ष धनेश्वर शर्माले बताउनुभयो ।

उहाँका अनुसार ट्र्याक खोलिएका सडकमा आवश्यक संरचना र स्तरोन्नतिको काम पूरा नहुँदा यातायात सञ्चालनमै समस्या भइरहेको छ । नेपालगन्जबाट डोल्पाका लागि सामान तथा यात्रु बोकेर हिँडेका सवारीसाधन बाटोमै अलपत्र पर्ने गरेका छन् ।

सडक अवरुद्ध भएपछि डोल्पाबाट प्रदेश राजधानी सुर्खेत तथा प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज आउजाउसमेत प्रभावित भएको छ । सडकको दुरवस्थाका कारण पर्यटकीय क्षेत्रमा पुग्न आएका पर्यटकसमेत बाटोबाटै फर्किने गरेको वडाध्यक्ष शर्माले बताउनुभयो ।

रुकुमपश्चिम, जाजरकोट र डोल्पाको ‘लाइफलाइन’ मानिएको भेरी करिडोर भारतको रुपैडियादेखि नेपालगन्ज हुँदै चीनको सीमा क्षेत्र मोरिम्ला नाकासम्म जोडिने भएकाले राष्ट्रिय महत्वको सडकका रूपमा समेत लिइन्छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किशोर श्रेष्ठको निवास र कार्यालयमा प्रहरीको खानतलासी

सुस्ता जोगाउन रातदिन नदी किनारमा खटिँदै स्थानीय, सरकारी सहयोग बढ्यो

सम्बन्धित

प्यूठानमा खोलाको किनारमा चार जनाको शव फेला, हत्या आशंका

आज ११ जिल्लामा आकस्मिक बाढीको जोखिम

लगानीकर्तालाई नयाँ सुविधा : ब्रोकरबाटै मार्जिन कर्जा, एक वर्षसम्म कारोबार गर्न सकिने

सवारी आयात बढ्यो, सडक–पार्किङ पूर्वाधार सुस्त : ध्रुव थापा

आज ११ जिल्लामा आकस्मिक बाढीको जोखिम

लगानीकर्तालाई नयाँ सुविधा : ब्रोकरबाटै मार्जिन कर्जा, एक वर्षसम्म कारोबार गर्न सकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu