ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले राजीनामा दिने


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ११ : ३५   बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले यही महिनाको अन्त्यमा पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

ट्रम्पले लेभिटलाई आफ्ना ‘सबैभन्दा विश्वसनीय सहयोगीमध्ये एक’ भन्दै उनले साना बच्चा र परिवारसँग समय बिताउन चाहेकाले जिम्मेवारीबाट बिदा हुन लागेको बताएका छन्। उनले लेभिटको निर्णयलाई आफूले राम्रोसँग बुझेको र सम्मान गर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत ट्रम्पले लेभिट अब पनि आफ्ना शीर्ष बाह्य सल्लाहकारमध्ये एक रहने र रिपब्लिकन पार्टीमा प्रभावशाली भूमिका निर्वाह गरिरहने उल्लेख गरेका छन्।

२८ वर्षीया लेभिट गत वर्ष ह्वाइट हाउसको प्रेस सेक्रेटरी बनेकी थिइन्। उनी उक्त पद सम्हाल्ने सबैभन्दा कान्छी व्यक्ति बनेकी थिइन्। उनको स्थानमा को आउने भन्नेबारे भने अहिलेसम्म स्पष्ट भइसकेको छैन।

लेभिटले गत मेमा छोरीलाई जन्म दिएकी थिइन्। उनका दुई वर्षका छोरा पनि छन्। मातृत्व बिदापछि उनी गत महिना मात्रै काममा फर्किएकी थिइन्। उनका पति निकोलस रिकियो हुन्।

ट्रम्पको घोषणापछि लेभिटले सामाजिक सञ्जाल एक्समार्फत ह्वाइट हाउस प्रेस सेक्रेटरीका रूपमा सेवा गर्न पाउनु आफ्नो जीवनकै ठूलो सम्मान र रोमाञ्चक समय भएको बताएकी छन्।

छोरीको जन्मपछि ह्वाइट हाउस फर्किएर प्रेस सेक्रेटरीको जिम्मेवारी सम्हाल्दा दुई साना बच्चाका लागि असल आमा बन्न आवश्यक समय, ऊर्जा र ध्यान दिन आफूलाई कठिन भएको उनले बताएकी छन्।

‘यसै कारण मैले ह्वाइट हाउस छाड्ने र जीवनको नयाँ अध्याय सुरु गर्ने निर्णय गरेँ,’ लेभिटले भनेकी छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सात वर्षदेखि अलपत्र लोकतान्त्रिक सिँचाइ योजना, किसान अझै पानीको पर्खाइमा

पाँच महिनापछि नेपाल फर्किए शेरबहादुर देउवा, विमानस्थलमा भव्य स्वागत

सम्बन्धित

रुसमा ५० हजारसम्म उत्तर कोरियाली सैनिक तैनाथ हुन सक्ने जेलेन्स्कीको दाबी

कक्रोच पार्टीका संस्थापक दिपकेले भने– ‘जन्तर–मन्तरको सिजन–२’ चाँडै सुरु हुँदैछ

रुसी जहाज जफत गरे युरोपेली जहाज पनि जफत गर्ने पुटिनको चेतावनी

कक्रोच पार्टीका संस्थापक दिपकेले भने– ‘जन्तर–मन्तरको सिजन–२’ चाँडै सुरु हुँदैछ

रुसी जहाज जफत गरे युरोपेली जहाज पनि जफत गर्ने पुटिनको चेतावनी

कक्रोच पार्टीका संस्थापक दिपकेले भने– ‘जन्तर–मन्तरको सिजन–२’ चाँडै सुरु हुँदैछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu