ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणघाट–बुटवल सडकमा ९३ प्रतिशत काम पूरा, गति सीमादेखि वन्यजन्तु सुरक्षासम्म चुनौती


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   १ : १५   बजे

नवलपुर, साउन २८ गते । देशकै लामो, फराकिलो र नयाँ नारायणघाट–बुटवल सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सडक आयोजनाका अनुसार हालसम्म करिब ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ।

आयोजनाअन्तर्गत अहिले सडकमा रङरोगन गर्ने, बिरुवा तथा दुबो रोप्ने, जेब्रा क्रसिङ निर्माण गर्ने र विभिन्न स्थानमा गति सीमा तोकिएका बोर्ड राख्ने काम भइरहेको छ।

सडकमा सवारीसाधनको गति स्थानअनुसार निर्धारण गरिएको छ। जंगल क्षेत्रमा अधिकतम ४० किलोमिटर प्रतिघण्टा, बजार क्षेत्रमा ६० किलोमिटर र सडकको अवस्था तथा सवारी चापअनुसार अन्य स्थानमा अधिकतम ८० किलोमिटर प्रतिघण्टासम्म गति सीमा तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार दाउन्ने क्षेत्रमा अधिकतम ४० किलोमिटर प्रतिघण्टा र बजार तथा राजमार्ग वारपार गर्ने स्थानमा ६० किलोमिटर प्रतिघण्टा गति सीमा कायम गरिएको छ। ट्राफिक प्रहरीले ‘राडार गन’ प्रयोग गरी सवारीसाधनको गति नियमन गर्दै आएको छ।

जंगलमा किन ४० किलोमिटर गति सीमा?

जंगल क्षेत्र खुला सडकजस्तै देखिए पनि वन्यजन्तुको आवतजावत हुने भएकाले गति सीमा निर्धारण गरिएको प्रहरी निरीक्षक बर्तौलाले बताउनुभयो।

वन्यजन्तुको आवतजावत हुने क्षेत्रमा तीव्र गतिमा सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले चालकलाई तोकिएको गति सीमाको पालना गर्न आग्रह गरिएको छ।

वन्यजन्तुका लागि संरचना अभाव

एसियाली राजमार्गका रूपमा विस्तार भइरहेको सडकमा वन्यजन्तुको सुरक्षित आवतजावतका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसारका संरचना भने पर्याप्त छैनन्।

घना जंगल तथा वन्यजन्तुको आवतजावत हुने स्थानमा सामान्यतः ‘अन्डरपास’ तथा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने अभ्यास भए पनि करिब ११४ किलोमिटर लामो सडकखण्डमा त्यस्ता संरचना निर्माण गरिएको छैन।

सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक इन्जिनियर चुडाराज ढकालका अनुसार वन्यजन्तुका लागि अन्डरपास तथा ओभरहेड ब्रिज निर्माण गर्ने विषय मूल सम्झौतामा समावेश थिएन।

पछि थप संरचना निर्माणका लागि आग्रह गर्दा चिनियाँ ठेकेदार कम्पनीले लागत बढ्ने भन्दै असहमति जनाएको उहाँले बताउनुभयो। यद्यपि, ४३ वटा पुलमा सामान्य सुधार गरी साना वन्यजन्तु ओहोरदोहोर गर्न सक्ने व्यवस्था गरिएको उहाँको दाबी छ।

पितौँजी जंगलमा आकाशे पुल

आयोजना निर्देशक ढकालका अनुसार गैँडाकोटस्थित पितौँजी जंगलमा बाँदरलाई सुरक्षित रूपमा ओहोरदोहोर गर्न सहज होस् भनेर एउटा आकाशे पुल निर्माण गरिएको छ।

उहाँले ठूला वन्यजन्तुका लागि सडकको संरचना र साना वन्यजन्तुका लागि अन्य विकल्प प्रयोग गर्न सकिने बताउनुभयो। साथै, वन्यजन्तु र मानव बस्तीबीचको बढ्दो द्वन्द्वलाई ध्यानमा राखेर पूर्वाधार विकास र संरक्षणबीच सन्तुलन आवश्यक रहेको उहाँको भनाइ छ।

मुख्य बजारमा ६ लेन

नारायणघाट–बुटवल सडकखण्डको मुख्य बजार क्षेत्रमा छ लेन, अन्य क्षेत्रमा चार लेन र दाउन्ने क्षेत्रमा तीन लेनको सडक निर्माण भइरहेको छ।

आयोजना अन्तिम चरणमा पुगेसँगै सडकको रङरोगन, सडक सुरक्षा चिह्न, जेब्रा क्रसिङ, हरियाली व्यवस्थापन र गति सीमा संकेत राख्ने कामलाई प्राथमिकता दिइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइजीपीमाथि सांसद सुनारको आरोपपछि पूर्वडीआईजी खरेलको कडा प्रतिक्रिया

स्वदेश फर्किए देउवा, कांग्रेसभित्र शक्ति संघर्ष थप चर्किने संकेत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lebanon Accuses Israel of Violating International Law With Southern Strikes

Colombia Earthquake Death Toll Climbs to 265 as Rescue Efforts Enter Final Phase

‘गौँथली’को ऐतिहासिक सफलता, ‘कबड्डी–४’लाई पछि पार्दै बन्यो दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

आइजीपीमाथि सांसद सुनारको आरोपपछि पूर्वडीआईजी खरेलको कडा प्रतिक्रिया

स्वदेश फर्किए देउवा, कांग्रेसभित्र शक्ति संघर्ष थप चर्किने संकेत

Gaza Women Sacrifice Legal Rights for Quicker Divorces Amid War’s Disruption

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu