ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाइल्यान्डबाट पार्सलमा आएको ३.२ किलो गाँजा बुझ्न पुगेका दुई युवक पक्राउ


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ४ : ३५   बजे

काठमाडौँ । थाइल्यान्डबाट पार्सलमार्फत ल्याइएको गाँजा बुझ्न पुगेका दुई युवकलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार साउन २४ गते थाइल्यान्डबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको पार्सल जाँच गर्दा गाँजा फेला परेको थियो। त्यसपछि प्रहरीले पार्सल बुझ्न आउने व्यक्तिमाथि निगरानी बढाएको थियो।

पार्सल बुझ्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ पुगेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का २३ वर्षीय मनोहर हरिजन र भारतको उत्तर प्रदेशस्थित बस्ती परसरामपुरका १८ वर्षीय निखित वर्मा रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरूको साथबाट ३.२ किलोग्राम गाँजा र दुई थान मोबाइल फोन बरामद भएको छ।

प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ। पार्सलमार्फत लागूऔषध ल्याउने कार्यमा उनीहरूको संलग्नता तथा अन्य व्यक्तिको भूमिकाबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

स्मार्ट टेलिकमको ६ अर्ब ऋण विवादमा एनआईएमबी बैंकका सीईओको स्पष्टीकरण

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू, ब्याज अनुदान ३ प्रतिशतमा सीमित

चुनदेवीमा देउवाको कडा अभिव्यक्ति : ‘मलाई बदलाको भावना लिनु छैन’

जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई थुनामा राख्ने अनुमतिका लागि अदालत पुर्याइयो

मुद्दा परे पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटिलता नरहेको राष्ट्र बैंकको भनाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu