ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानदेखि उपभोक्तासम्मका बिचौलिया घटाउने सरकारको तयारी


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ४ : ३५   बजे

काठमाडौँ । किसान र उपभोक्ताबीचको उच्च मूल्य अन्तर घटाउँदै कृषि उपजको आपूर्ति शृंखला सुधार गर्न सरकारले कार्यदल गठन गरेर अध्ययन थालेको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयसहित सम्बन्धित सरोकारवालासँग छलफलपछि ‘आपूर्ति शृंखला सुधारका लागि सुझाव कार्यदल’ गठन गरिएको हो। किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्यमा कृषि उपज खरिद गर्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले कार्यदलले अध्ययन गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

कृषि विभागका उपमहानिर्देशक डा. दिवसराज विष्टको संयोजकत्वमा गठित कार्यदलको प्रारम्भिक अध्ययनअनुसार हाल किसानदेखि उपभोक्तासम्म कृषि उपज पुग्दा पाँच तहसम्मका बिचौलिया संलग्न हुने गरेका छन्। सरकारले अनावश्यक तह घटाएर यसलाई दुई वा तीन तहमा सीमित गर्ने लक्ष्य राखेको छ।

किसानको मूल्य ३० प्रतिशतसम्म बढ्ने अनुमान

आपूर्ति शृंखला सुधारसम्बन्धी सिफारिस कार्यान्वयनमा आए किसानले प्राप्त गर्ने मूल्यमा करिब ३० प्रतिशतसम्म वृद्धि हुन सक्ने कार्यदलको प्रारम्भिक अनुमान छ।

सुधारका ठोस उपाय पहिचान गर्न कार्यदलले देशका १२ वटा प्रमुख कृषि बजार तथा उत्पादनस्थलमा स्थलगत रूपमा तथ्यांक संकलन गरिरहेको छ।

बजारमुखी उत्पादन र भण्डारणमा जोड

कार्यदलले बजारको मागअनुसार खेती गर्ने प्रणाली विकास, कृषि उपजको भण्डारण, प्रशोधन तथा प्याकेजिङ सुधारका विषयमा सुझाव दिनेछ।

त्यस्तै, उत्पादनपछिको नोक्सानी न्यूनीकरण गर्न प्रभावकारी बजार सूचना प्रणाली विकास गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। यसबाट किसानले बजारको माग र मूल्यबारे समयमै जानकारी पाउने तथा उत्पादनलाई बजारसँग प्रत्यक्ष जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एक महिनाभित्र प्रतिवेदन

कार्यदलले पछिल्लो १५ दिनदेखि स्थलगत तथ्यांक संकलन गरिरहेको छ। आगामी एक महिनाभित्र नीतिगत निर्णय तथा कार्यान्वयनका ठोस उपायसहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

किसानदेखि उपभोक्तासम्मका बिचौलिया घटाउने सरकारको तयारी

सात वर्षदेखि अलपत्र लोकतान्त्रिक सिँचाइ योजना, किसान अझै पानीको पर्खाइमा

भारतको अनुदानमा नेपालमा आठ उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने

सल्यानका किसानलाई वर्षाले राहत, ९० प्रतिशत धान रोपाइँ सम्पन्न

सुदूरपश्चिममा मलको अभाव, डीएपीको आपूर्ति झन् कमजोर

ओखलढुङ्गामा ९९.८१ प्रतिशत धान रोपाइँ सम्पन्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu