ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हवाई दुर्घटना हुनै नदिने वातावरण बनाउन सरकार प्रतिबद्ध : मन्त्री पौडेल


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ४ : ५५   बजे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले हवाई दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

राष्ट्रियसभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले हवाई सुरक्षा र यात्रुको अधिकारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।

मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई नियामक र सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै स्वायत्त संस्थामा विभाजन गर्ने उद्देश्यले विधेयक तयार पारिएको जानकारी दिए।

नेपालका विमान युरोपेली संघ (ईयू)को ‘कालोसूची’मा रहेको भन्ने शब्दावलीप्रति असहमति जनाउँदै उनले यसलाई ‘एयर सेफ्टी लिस्ट’ भन्न उपयुक्त हुने धारणा राखे। उक्त सूचीबाट नेपाललाई हटाउन मन्त्रालयले विभिन्न सुधारका काम अघि बढाइरहेको र आगामी छ महिनाभित्र सकारात्मक नतिजा आउने अपेक्षा गरिएको उनले बताए।

प्राविधिक कारणले उडान ढिलो हुँदा दायित्व नहुने

विधेयकमाथिको छलफलका क्रममा मन्त्री पौडेलले मौसम, एयर ट्राफिक तथा अन्य प्राविधिक कारणले उडान ढिला हुँदा वायुसेवा कम्पनीमाथि दायित्व सिर्जना नहुने व्यवस्था विधेयकमा गरिएको बताए।

उनका अनुसार यस्तो व्यवस्था अन्तर्राष्ट्रिय अभ्यासअनुसार राखिएको हो।

हवाई भाडा बढ्ने आशंका नरहेको दाबी

विधेयकका कारण हवाई भाडा महँगो हुनसक्ने सांसदहरूको आशंकाबारे मन्त्री पौडेलले नयाँ व्यवस्थाले भाडादरमा उल्लेख्य वृद्धि नहुने दाबी गरे।

नेपालमा विदेशी नागरिकका लागि लागू हुँदै आएको ‘डलर फेयर’ सम्बन्धमा पनि मन्त्रालयले अध्ययन गरिरहेको उनले जानकारी दिए।

मन्त्री पौडेलले हवाई सुरक्षा सुधारका लागि सरकारले निरन्तर काम गरिरहेको र आगामी दिनमा त्यसको सकारात्मक परिणाम देखिने दाबी गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

सम्बन्धित

‘केसामी–नाम्सामी’ : बाघको मृत्युबाट जन्मिएको धुन र सहअस्तित्वको कथा

पछिल्लो पाँच वर्षमा ७० लाख नजिक नेपाली विदेशिए, यूएई पहिलो रोजाइ

मौसम खुलेसँगै मनाङ भ्याली र गङ्गापूर्ण तालको मनमोहक दृश्य

गौतमबुद्ध विमानस्थलमा निगमको अपरेटिङ बेस राख्ने तयारी, ए–३२० पाइलटको बेस ट्रेनिङ सुरु

भेडेटारको स्काइवाकमा दुई वर्षमा तीन लाखभन्दा बढी पर्यटक

बेनीबजार : धार्मिकस्थल र प्राकृतिक सौन्दर्यको संगम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu