ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ५ : २५   बजे

दमौली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा बिहीबार मतदातासँगको भेटघाटमा बोल्दै मन्त्री वाग्लेले सीमित स्रोतसाधनका बीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताए ।

उनले बजेटको सीमा भए पनि खानेपानी, सडक, विद्यालय, स्वास्थ्यचौकी, तटबन्धन तथा खेलमैदानजस्ता आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।

“बजेटका सीमाहरू छन्, रकम थोरै छ । जनताका अपेक्षा धेरै छन् । जुन बस्तीमा पुगे पनि जनताले खानेपानी, सडक, विद्यालय, स्वास्थ्यचौकी, तटबन्धन, खेलमैदानका माग गर्नुहुन्छ । सरकारले सक्दो त्यसलाई सम्बोधन गर्न प्रयास गरिरहेको छ,” उनले भने ।

मन्त्री वाग्लेले तनहुँको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै यसपटकको बजेट वितरणमा न्यायोचित बनाउन पहल गरिएको जानकारी दिए ।

तनहुँका जनताले आफूलाई दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएको स्मरण गर्दै उनले जिल्लावासीले लगाएको गुन र ऋण कहिल्यै नबिर्सने बताए ।

दुम्सीका स्थानीयले खानेपानी र तटबन्धनको समस्या राखेपछि मन्त्री वाग्लेले सम्बन्धित मन्त्रालयसँग छलफल गरी काम अघि बढाउने प्रतिबद्धता जनाए ।

स्थानीयवासीका अनुसार दुम्सीका करिब पाँच सय घरधुरीमा खानेपानीको समस्या छ । उनीहरूले डुबानको जोखिम न्यूनीकरणका लागि तटबन्धन निर्माण गर्नसमेत माग गरेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस एकता गराउन देउवाले भूमिका खेल्नुपर्छ : कान्छाराम तामाङ

कृषि समिति बैठकमा मन्त्री र सचिवको अनिवार्य उपस्थितिको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा १०औँ राष्ट्रिय खेलकुद

सुदूरपश्चिम रोयल्सको आधिकारिक इन्टरनेट साझेदार बन्यो सुबिसु

कांग्रेस एकता गराउन देउवाले भूमिका खेल्नुपर्छ : कान्छाराम तामाङ

प्रदीप र सनिशाको ‘शुभ विवाह’ घोषणा, फागुन २१ गतेदेखि प्रदर्शन हुने

कृषि समिति बैठकमा मन्त्री र सचिवको अनिवार्य उपस्थितिको माग

कांग्रेस महाधिवेशनको मिति नबदल्ने, तल्लो तहको कार्यतालिका हेरफेर गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu