ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै आम्दानीले देश बनाउने गरी बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ७ : १५   बजे

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश विकास गर्ने उद्देश्यसहित सरकारले नयाँ बजेट ल्याएको बताएका छन्।

बिहीबार आफ्नो निर्वाचन क्षेत्र तनहुँ पुगेका अर्थमन्त्री वाग्लेले जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै राज्यको आम्दानी बढाएर आफ्नै स्रोतबाट विकास गर्ने नीति सरकारले लिएको बताए।

उनका अनुसार विगतमा राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर दैनिक अत्यावश्यक खर्चसमेत धान्नुपर्ने अवस्था थियो। अब करको दायरा फराकिलो बनाउँदै थोरै–थोरै योगदानबाट सरकारी आम्दानी बढाउने र त्यसैबाट देश विकास गर्ने नीति लिइएको उनले बताए।

आम्दानीभन्दा दायित्व बढी

अर्थमन्त्री वाग्लेले सरकारको नियमित तथा अत्यावश्यक दायित्व करिब १३ खर्ब ५० अर्ब रुपैयाँ रहेको तर सरकारको आम्दानी १२ खर्ब ५० अर्ब रुपैयाँ हाराहारी मात्र रहेको बताए।

‘अहिले हामीले करको दर फराकिलो बनाएको र कर तिर्न प्रोत्साहनका कार्यक्रम ल्याएको यसैका लागि हो,’ उनले भने।

दातृ निकायबाट प्राप्त हुने ऋणसमेत महँगो हुँदै गएको भन्दै वाग्लेले मुलुक आफैँ आर्थिक रूपमा सक्षम बन्नुपर्ने आवश्यकता औँल्याए।

निजी क्षेत्रलाई प्रोत्साहन

सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित गर्दै करिब ६६ खर्ब रुपैयाँको अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको उनले बताए।

उनले प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न आकर्षित गर्ने वातावरण निर्माणको कामसमेत अघि बढाइने जानकारी दिए।

करको दायरा विस्तार

करको दायरा विस्तार गर्दा नयाँ क्षेत्रमा कर थपिएको भन्ने गुनासोप्रति सरकारले ध्यान दिएको भन्दै अर्थमन्त्री वाग्लेले सर्वसाधारणलाई अनावश्यक करको भार नपर्ने गरी अन्तिम कर दायित्वबाट बचाउने व्यवस्था गरिने बताए।

उनले ‘ऋण लिनु हुँदैन, तर विकास चाहिँ गरिदिनुपर्छ’ भन्ने सोचबाट माथि उठ्नुपर्नेमा जोड दिँदै आफ्नै स्रोत र साधनबाट देश विकास गर्नुपर्ने बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

दलित समुदायसँग माफी माग्ने विषय सरकारको प्राथमिकतामा : कानुनमन्त्री गौतम

सम्बन्धित

ऊर्जा उद्यमी गणेश कार्की ऊर्जामन्त्री श्रेष्ठको निजी क्षेत्रतर्फका सल्लाहकार नियुक्त

देउवा फर्केपछि रामहरि खतिवडाले भने– अब पार्टीमा मिलेर जाने वातावरण बन्छ

नाइट्रोफ्युरानको अवशेष भेटिएपछि म्याकडोनाल्ड्सले ‘इबी बर्गर’ हटायो

उत्तरप्रदेश मुख्यमन्त्री योगीसँग व्यवसायी ढकालको भेट

ललिता निवास जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री नेपाल, भट्टराईसँग सर्वोच्चको जवाफ माग

स्मार्ट टेलिकमको ६ अर्ब ऋण विवादमा एनआईएमबी बैंकका सीईओको स्पष्टीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu