ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार श्रेष्ठको पक्राउबारे कांग्रेसको निन्दा


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ७ : २५   बजे

काठमाडौं । नेपाली कांग्रेसले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै गैरकानुनी गिरफ्तारीको निन्दा गरेको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले दोष निरुपणका लागि कानुनी तथा न्यायिक प्रक्रिया हुँदाहुँदै पत्रकारलाई त्रसित पार्ने उद्देश्यले गरिएको धरपकड दमनकारी भएको बताएका छन्।

उनले प्रेस काउन्सिलसहित कानुनी निकाय र प्रक्रियाहरू हुँदाहुँदै त्यसलाई बेवास्ता गरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने काम स्वीकार्य नहुने बताए।

“दोषको निरुपण गर्ने न्यायिक प्रक्रिया हुन्छ, प्रेस काउन्सिल छ, कानुनसम्मत प्रक्रियाहरू छन् । त्यो प्रक्रियालाई पर राखेर त्रसित पार्ने, नागरिक स्वतन्त्रता कुण्ठित गर्ने, प्रेसको घाँटी निमोठ्ने जुन किसिमको दमनकारी व्यवहार सत्ताबाट भएको छ, त्यो स्वीकार्य छैन,” चालिसेले भने।

कांग्रेसले वाक तथा प्रकाशन स्वतन्त्रताको पक्षमा आफू सदैव उभिँदै आएको उल्लेख गर्दै पत्रकार श्रेष्ठको गिरफ्तारीलाई गैरकानुनी भन्दै निन्दा गरेको उनले बताए।

सार्वजनिक लेखा समितिको घटनाप्रति पनि आपत्ति

कांग्रेसले सत्तारूढ सांसद खगेन्द्र सुनार र प्रहरी महानिरीक्षक (आईजीपी) बीच बुधबार सार्वजनिक लेखा समितिको बैठकमा भएको विवादप्रति पनि ध्यानाकर्षण जनाएको छ।

प्रवक्ता चालिसेका अनुसार समितिको बैठकमा सत्तारूढ सांसदबाट असंसदीय तथा अमर्यादित भाषा प्रयोग भएको भन्दै कांग्रेसले गम्भीर असहमति जनाएको छ।

“सदनमा अमर्यादित र अशोभनीय भाषालाई न्यायिक निकायबाट निरुपण गर्नुपर्नेमा जुन खालको व्यवहार देखिएको छ, त्यसले शोभा दिँदैन,” उनले भने।

कांग्रेसले आफ्ना सांसदहरूलाई लोकतन्त्रका उच्चतम मूल्य, मर्यादा र संसदीय आचरण कायम गर्न निर्देशन दिएको पनि चालिसेले जानकारी दिए।

रोल्पा पहिरोप्रति दुःख

कांग्रेसले रोल्पामा गएको पहिरोमा परी ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग माग गरेको छ।

प्रभावितलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन पनि कांग्रेसले आग्रह गरेको छ।

केन्द्रीय समिति बैठक जारी

गत आइतबारदेखि सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबारसम्म चल्ने प्रवक्ता चालिसेले जानकारी दिएका छन्। बैठकमा समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा छलफल भइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

दलित समुदायसँग माफी माग्ने विषय सरकारको प्राथमिकतामा : कानुनमन्त्री गौतम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

German Opposition Voices Concerns Over Proposed Intelligence Agency Reforms

US Urges Israel to Honor Withdrawal Agreement from Southern Lebanon

Spain Reaffirms Sovereignty Over Ceuta and Melilla Amid Renewed Moroccan Claims

DR Congo Ebola Outbreak Linked to New Animal Transmission, Study Finds

Lebanese Americans Sue U.S. Government Over Alleged Role in Rights Abuses During Lebanon War

Three Scientists Awarded 2026 Future Science Prize

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu