ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा, नयाँ सरकार गठनको बाटो खुल्यो


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ७ : ३५   बजे

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै शाहले राजीनामाको घोषणा गरेका हुन्।

प्रदेशसभा बैठकबाट बाहिरिएलगत्तै उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।

सत्ता साझेदार नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। मन्त्री बर्खास्तीको विषय र आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर कांग्रेस र एमालेबीच विवाद चर्किएपछि असार ३२ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था थियो। तर आवश्यक बहुमत जुट्ने सम्भावना कमजोर भएपछि उनले समयसीमाको अन्तिम दिन राजीनामा दिएका हुन्।

प्रदेशसभालाई सम्बोधन गर्दै शाहले आफ्नो सरकार ढल्नुमा एमालेको भूमिकामाथि कडा टिप्पणी गरे। उनले एमालेले सरकारमा सहभागी भएर बजेट निर्माणका क्रममा सहकार्य गर्ने तर पछि बजेटकै विषयलाई लिएर समर्थन फिर्ता लिने काम गरेको आरोप लगाए।

‘सरकारको साझेदार भएर बजेट निर्माणका हरेक चरणमा भाग लिने, विरोध पनि गर्ने तर सरकार छोड्न नसक्ने अलोकतान्त्रिक खेल खेलियो।’

शाहले एमालेले आफ्नै सहभागितामा तयार भएको बजेटमा संशोधन प्रस्ताव ल्याएको भन्दै त्यसलाई सुदूरपश्चिमका जनतामाथिको अन्यायका रूपमा चित्रण गरे।

‘आफैँले ल्याएको बजेटमा संशोधन प्रस्ताव ल्याउनु भनेको सुदूरपश्चिमका भोका पेटहरूमाथिको प्रहार थियो। प्रदेशलाई अस्थिरतातर्फ धकेल्ने खेल थियो।’

बजेट पारित हुन नसक्दा सुदूरपश्चिम प्रदेश सरकार अहिले बजेटसम्बन्धी अन्योलमा छ। सरकार परिवर्तनसँगै नयाँ नेतृत्वले बजेट पारित गर्ने तथा प्रदेश सरकारको नियमित कामकारबाहीलाई गति दिने चुनौती सामना गर्नुपर्नेछ।

यसैबीच सुदूरपश्चिममा नयाँ सत्ता समीकरणको तयारी यसअघि नै भइसकेको छ। नेकपा र नेकपा (एमाले) बीच प्रदेश सरकार गठनका लागि सत्ता सहकार्य गर्ने सहमति भइसकेको छ।

सहमतिको आधारमा अब सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ। नेकपा सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्ट नयाँ मुख्यमन्त्रीका प्रमुख दाबेदारका रूपमा अघि आएका छन्।

प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि भट्टको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने गरी दलहरूबीच सहमति भइसकेको बताइएको छ। शाहको राजीनामासँगै लामो समयदेखि चल्दै आएको सत्ता संघर्ष तत्कालका लागि नयाँ गठबन्धनतर्फ मोडिएको छ।

अब प्रदेश प्रमुखको आह्वान, दलहरूको समर्थनसहितको दाबी र नयाँ मुख्यमन्त्रीको नियुक्तिपछि सुदूरपश्चिममा नयाँ सरकार औपचारिक रूपमा गठन हुनेछ।

शाहको राजीनामाले प्रदेश सरकारको नेतृत्व मात्र परिवर्तन गरेको छैन, कांग्रेस–एमाले सत्ता सहकार्यको अन्त्य गर्दै सुदूरपश्चिमको राजनीतिक समीकरणसमेत पुनःनिर्धारण गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

दलित समुदायसँग माफी माग्ने विषय सरकारको प्राथमिकतामा : कानुनमन्त्री गौतम

सम्बन्धित

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले आज राजीनामा दिने तयारी

विश्वासको मतका लागि प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्री शाहको पत्र

व्यक्ति परिवर्तन हुँदैमा राम्रा काम ओझेलमा पर्नुहुँदैन : मुख्यमन्त्री शाह

महाकाली नदीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, शारदा ब्यारेजमा ठूला सवारी रोकियो

भदौ १५ सम्म १८ वर्ष पुगेकालाई मतदाता नामावलीमा समावेश गरिने

विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu