ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ७ : ४५   बजे

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको परराष्ट्र नीति सञ्चालन गर्दा राष्ट्रिय हितलाई सर्वोच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले बदलिँदो विश्व व्यवस्था र जटिल भूराजनीतिक परिस्थितिबीच नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्ध विस्तार गर्नुपर्ने बताएका हुन्।

उनका अनुसार नेपालको परराष्ट्र नीतिका प्राथमिकता स्पष्ट हुनुपर्छ। पहिलो प्राथमिकता राष्ट्रिय हित, दोस्रो छिमेकी मुलुकसँगको सम्बन्ध र तेस्रो व्यापक अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुनुपर्ने उनको धारणा छ।

‘नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ। त्यसपछि छिमेकी मुलुकसँगको सम्बन्ध र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ।’

नेपाल दुई ठूला छिमेकी भारत र चीनको बीचमा रहेको तथा विश्वका प्रमुख शक्तिहरूबीचको भूराजनीतिक प्रतिस्पर्धा बढिरहेको अवस्थामा फराकिलो अन्तर्राष्ट्रिय सम्बन्ध नेपालको आवश्यकता भएको उनले बताए।

पोखरेलले नेपालले कुनै एक वा सीमित मुलुकसँग मात्र निर्भर हुने नीति लिनुभन्दा आफ्नो राष्ट्रिय हितअनुसार विश्वका विभिन्न मुलुकसँग सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए।

उनले विदेशमा रहेका नेपाली समुदायलाई पनि नेपालको कूटनीतिक र राष्ट्रिय शक्तिको महत्वपूर्ण स्रोतका रूपमा उपयोग गर्नुपर्ने बताए।

विशेषगरी विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव, सम्पर्क र सामर्थ्यलाई राष्ट्रहितमा उपयोग गर्ने स्पष्ट नीति आवश्यक रहेको उनको भनाइ छ।

पोखरेलले २०७२ सालको भारतीय नाकाबन्दीको प्रसंग उल्लेख गर्दै त्यसबेला विदेशमा रहेका नेपाली समुदायले नेपालको स्वाधीनता र सार्वभौमसत्ताको पक्षमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरे।

‘नाकाबन्दीको सामना गर्ने कुरामा बाहिर रहेको नेपाली समुदायले महत्त्वपूर्ण भूमिका खेलेका थिए। नेपाल राष्ट्रको स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्ने कुरामा महत्त्वपूर्ण भूमिका खेलेको हामी देख्छौँ।’

भविष्यमा पनि नेपालले यस्तै जटिल परिस्थिति सामना गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै उनले विदेशमा रहेका नेपालीसँगको सम्पर्क र सम्बन्धलाई राष्ट्रिय हितका लागि कसरी उपयोग गर्ने भन्ने विषयमा गम्भीर बहस आवश्यक रहेको बताए।

उनका अनुसार विदेशमा रहेका नेपालीलाई केवल श्रमशक्तिका रूपमा हेर्नेभन्दा उनीहरूले विदेशमा हासिल गरेको ज्ञान, प्रविधि, व्यावसायिक दक्षता र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकास र राष्ट्रिय हितसँग जोड्न सक्नुपर्छ।

नेपालका युवाहरू ठूलो संख्यामा विदेशमा अध्ययन, रोजगारी र व्यवसायमा संलग्न रहेकाले उनीहरूको अनुभवलाई देशभित्र उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने पोखरेलको भनाइ छ।

उनले विदेशमा रहेका नेपाली युवालाई नेपालसँग जोड्ने र उनीहरूको क्षमता राष्ट्र निर्माणमा प्रयोग गर्ने नीति बनाउनुपर्नेमा जोड दिए।

पोखरेलको भनाइमा नेपालको परराष्ट्र नीति केवल कूटनीतिक सम्बन्ध विस्तार गर्ने विषय मात्र होइन, राष्ट्रिय स्वाधीनता, आर्थिक विकास, सुरक्षा, अन्तर्राष्ट्रिय प्रभाव र प्रवासी नेपालीको सामर्थ्यलाई एकीकृत रूपमा उपयोग गर्ने रणनीति पनि हुनुपर्छ।

बदलिँदो भूराजनीतिक परिस्थितिमा नेपालले आफ्नो राष्ट्रिय हित स्पष्ट रूपमा पहिचान गरी छिमेकीसँग सन्तुलित सम्बन्ध र विश्व समुदायसँग फराकिलो सम्बन्ध विस्तार गर्नुपर्ने उनले बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

दलित समुदायसँग माफी माग्ने विषय सरकारको प्राथमिकतामा : कानुनमन्त्री गौतम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

German Authorities Evacuate Buildings Near Train Station After Suspicious Object Found

Iran and US Dispute Control of Strategic Strait of Hormuz

North Korea Preparing to Send Up To 50,000 Troops to Aid Russia in Ukraine War

Israeli Military Intervenes As Settlers Besiege West Bank Homes

German Opposition Voices Concerns Over Proposed Intelligence Agency Reforms

US Urges Israel to Honor Withdrawal Agreement from Southern Lebanon

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu