ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पा पहिरो: मृत्यु हुनेको संख्या १० पुग्यो, तीन अझै बेपत्ता


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ११ : १५   बजे

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षाका कारण गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। पहिरोले स्थानीय बासिन्दाका घर तथा गोठ पुरिँदा दुई जना घाइते भएका छन् भने तीन जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ ।

पहिरोमा परी गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि बुटवलतर्फ पठाइएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी अनुसार, बेपत्ता भएका तीन जनाको खोजी कार्य निरन्तर जारी रहेको छ।

मृतकको विवरण

पहिरोमा परी रोल्पाकै थबाङमा ज्यान गुमाउनेहरूमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षका कमल बहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षका दल बहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर हुनुहुन्छ।

यस्तै, पहिरोमा बगेर छिमेकी जिल्ला प्युठानतर्फ पुगेको अवस्थामा मृत फेला पर्नेमा थबाङ–५ का ७ वर्षका अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षीया विष्णु भन्ने जुन कुमारी पुन मगर र ८० वर्षीय बल बहादुर पुन मगर हुनुहुन्छ।

घाइते तथा बेपत्ता

पहिरोमा परेर २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते हुनुभएको छ। उनीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ।

यस्तै पहिरोमा परी ९ वर्षका अशिम पुन मगर, ८० वर्षका अजम्बर पुन मगर र ७२ वर्षका लिल बहादुर पुन मगर बेपत्ता हुनुभएको छ। उद्धार टोलीले उनीहरूको खोजी भइरहेको जानकारी दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेरी नदीमा खसेको जिपसहित दुई यात्रु बेपत्ता

रोल्पा पहिरो: मृत्यु हुनेको संख्या १० पुग्यो, तीन अझै बेपत्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Eritrea’s Strategic Coastal Position Amplifies Its Political Influence

Gulf States Seek Alternatives as Strait of Hormuz Remains Blocked

DR Congo Ebola Outbreak Spreads to Sixth Province, Raising Global Concerns

Defense Argues Against Death Penalty for Charlie Kirk Shooting Suspect

Zelensky’s Patriot Missile Requests Face Scrutiny Over Mathematical Inconsistencies

भेरी नदीमा खसेको जिपसहित दुई यात्रु बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu