ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ११ : ४५   बजे

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ। श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट निवेदन पेस गरेकी हुन्।

रिटमा श्रेष्ठलाई पक्राउ गरी हिरासतमा राख्न पर्याप्त कानुनी आधार नरहेको दाबी गर्दै तत्काल थुनामुक्त गर्न माग गरिएको छ। सर्वोच्च अदालतले रिटको सुनुवाइका लागि शुक्रबार पेसी तोकेको जनाएको छ।

जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। उनीविरुद्ध वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउपछि प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्दै बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो। जिल्ला अदालतले प्रहरीको मागअनुसार श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

जिल्ला अदालतको आदेशपछि पनि उनको परिवारले पक्राउ र हिरासतलाई कानुनी चुनौती दिएको हो। पत्नी सरस्वतीले सर्वोच्चमा दायर गरेको रिटमा श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको जिकिर गर्दै थुनामुक्त गर्न माग गरिएको छ।

श्रेष्ठको पक्राउलाई लिएर पत्रकार तथा सञ्चारसम्बद्ध संघ–संस्थाले समेत विरोध जनाउँदै आएका छन्। नेपाल पत्रकार महासंघले बिहीबार काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदै श्रेष्ठको तत्काल रिहाइको माग गरेको थियो।

पक्राउसँगै प्रहरीले धोबीघाटस्थित जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको थियो। खानतलासीका क्रममा प्रहरीले कम्प्युटरका सीपीयूलगायत विद्युतीय उपकरण नियन्त्रणमा लिएको जनआस्थासम्बद्ध पत्रकारहरूले बताएका छन्।

अब सर्वोच्च अदालतमा शुक्रबार हुने सुनुवाइले श्रेष्ठको हिरासतलाई निरन्तरता दिने वा तत्काल थुनामुक्त गर्ने विषयमा प्रारम्भिक कानुनी बाटो तय गर्नेछ। रिटमाथिको सुनुवाइसँगै पत्रकारको पक्राउ, अनुसन्धान प्रक्रिया र वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा प्रहरीले अपनाएको कानुनी प्रक्रियामाथि पनि न्यायिक परीक्षण हुने भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हुम्लामा ५१ लाखभन्दा बढीको अवैध चिनियाँ मदिरा बरामद

सम्पत्ति छानबिन आयोगविरुद्धका रिट संवैधानिक इजलासमा, सर्वोच्च प्रशासनको टिप्पणीपछि नयाँ मोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हुम्लामा ५१ लाखभन्दा बढीको अवैध चिनियाँ मदिरा बरामद

होर्मुज संकटपछि खाडी मुलुक वैकल्पिक तेल मार्गको खोजीमा

सडक सञ्जाल विस्तारसँगै ओझेलमा पर्दै लोमन्थाङको ऐतिहासिक चोर्टेन

अरौदी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एक जना बेपत्ता

सम्पत्ति छानबिन आयोगविरुद्धका रिट संवैधानिक इजलासमा, सर्वोच्च प्रशासनको टिप्पणीपछि नयाँ मोड

जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा थुनामा परेकालाई छाड्न रास्वपा सांसद बानुको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu