ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होर्मुज संकटपछि खाडी मुलुक वैकल्पिक तेल मार्गको खोजीमा


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १ : १५   बजे

काठमाडौं । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि गरेको आक्रमणपछि होर्मुज जलमार्गबाट हुने तेल ढुवानीमा ठूलो असर परेको छ।

समुद्री बारुदी सुरुङ, क्षेप्यास्त्र र ड्रोन आक्रमणको जोखिमसँगै नाकाबन्दी र बढ्दो बिमा लागतका कारण होर्मुज हुँदै दैनिक हुने कच्चा तेलको ढुवानी २ करोड ब्यारेलबाट घटेर करिब ३७ लाख ब्यारेलमा सीमित भएको बताइएको छ।

होर्मुजमाथिको निर्भरता घटाउन साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेतलगायतका खाडी मुलुकले वैकल्पिक पाइपलाइन, तेल भण्डारण तथा अन्य निर्यात मार्गको विकासलाई तीव्रता दिएका छन्।

यूएईले बनाउँदैछ वैकल्पिक मार्ग

यूएईले होर्मुज जलमार्गलाई बाइपास गर्न अबुधाबीका तेल क्षेत्रलाई ओमानको खाडीस्थित फुजैराहसँग जोड्ने दोस्रो तेल पाइपलाइन निर्माणलाई तीव्रता दिएको छ।

आयोजना सम्पन्न भएपछि यूएईले होर्मुज नपसेर दैनिक करिब ३६ लाख ब्यारेल तेल अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सक्ने बताइएको छ। यसबाट अबुधाबीको अधिकांश अनसोर तेल सिधै फुजैराह हुँदै निर्यात गर्न सकिनेछ।

ग्यास निर्यातमा समेत होर्मुज निर्भरता घटाउने तयारीमा रहेको यूएईले सरकारी कम्पनी एड्नोकमार्फत प्राकृतिक ग्यास आयोजनामा ८.२ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। पूर्वी तटमा नयाँ एलएनजी निर्यात टर्मिनल निर्माण गर्ने योजना पनि अघि बढाइएको छ।

साउदीले बढायो इस्ट–वेस्ट पाइपलाइनको प्रयोग

होर्मुजमा बढ्दो जोखिमपछि साउदी अरेबियाले १ हजार २१ किलोमिटर लामो इस्ट–वेस्ट पाइपलाइनको प्रयोग बढाएको छ।

पूर्वी तेल क्षेत्रलाई लाल सागरको यान्बु बन्दरगाहसँग जोड्ने उक्त पाइपलाइनमार्फत अहिले दैनिक करिब ७० लाख ब्यारेल कच्चा तेल निर्यात भइरहेको बताइएको छ।

साउदीले पाइपलाइनको क्षमता थप १० देखि २० लाख ब्यारेल प्रतिदिन बढाउने तयारीसमेत गरेको छ। प्रशोधित पेट्रोलियम पदार्थका लागि समानान्तर नयाँ पाइपलाइन निर्माणको काम पनि अघि बढाइएको छ।

कुवेत र इराक पनि वैकल्पिक मार्गतर्फ

कुवेतले साउदी अरेबिया तथा अन्य अरब मुलुकसँग आफ्ना तेल क्षेत्रलाई लाल सागर वा ओमानका बन्दरगाहसँग जोड्ने सम्भावित पाइपलाइनबारे छलफल गरिरहेको छ।

यस्तै, इराक र जोर्डनले लामो समयदेखि रोकिएको पाइपलाइन आयोजना पुनः सुरु गरेका छन्। उक्त आयोजनाबाट दैनिक करिब १० लाख ब्यारेल तेल लाल सागरस्थित अकाबा बन्दरगाहसम्म पठाउन सकिनेछ।

इराकले किरकुकदेखि सिरियाको भूमध्यसागरीय तटसम्म जाने क्षतिग्रस्त पाइपलाइनको मर्मतसमेत तीव्र पारेको छ।

एसियामा तेल भण्डारण बढाउँदै खाडी मुलुक

खाडी मुलुकहरूको रणनीति पाइपलाइन निर्माणमा मात्र सीमित छैन। भारत, जापान र दक्षिण कोरियाजस्ता एसियाली मुलुकमा अतिरिक्त तेल भण्डारणको व्यवस्था गर्न पनि लगानी बढाइएको छ।

होर्मुज जलमार्ग पूर्ण रूपमा बन्द भए पनि पहिले नै भण्डारण गरिएको तेलमार्फत आपूर्ति निरन्तर राख्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो।

तर वैकल्पिक मार्गमा पनि जोखिम कायमै छ। साउदी अरेबियाको तेल लाल सागर र बाब अल–मन्देब जलमार्ग हुँदै लैजानुपर्ने भएकाले त्यहाँ यमनका हुथी विद्रोहीबाट हुने आक्रमणको जोखिम छ।

विशेषज्ञहरूका अनुसार खाडी मुलुकले होर्मुजमाथिको निर्भरता घटाउन सक्ने भए पनि यसको रणनीतिक र व्यापारिक महत्त्वका कारण पूर्ण रूपमा विस्थापित गर्न भने कठिन हुनेछ।

‘क्रिस्टोल एनर्जी’की प्रमुख क्यारोल नखलेका अनुसार होर्मुज जलमार्गका फाइदा अत्यधिक भएकाले यसलाई पूर्ण रूपमा विस्थापित गर्न सम्भव छैन। तर, पछिल्लो संकटले खाडी मुलुकलाई एउटै मार्गमा मात्र निर्भर रहन नसकिने स्पष्ट सन्देश दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शशांक कोइराला : ‘हाम्रो सभापति शेरबहादुर देउवा नै हो, उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्छ’

रोल्पाको बाढी–पहिरोबारे प्रधानमन्त्रीलाई भेटेर वर्षमान पुनले गराए उद्धार, राहत र पुनर्निर्माणमा ध्यानाकर्षण

सम्बन्धित

उत्तराखण्डको निर्माणाधीन सुरुङमा पहिरो, सात कामदारको मृत्यु, तीन बेपत्ता

पुटिनको कुरिल भ्रमणपछि जापानको सार्वभौमिकताको पक्षमा उभियो अमेरिका

इरानमाथि थप कडा आर्थिक कदम चाल्ने अमेरिकाको चेतावनी

इजरायली सेनाले वेस्ट बैंकका प्यालेस्टिनीलाई घर खाली गर्न आदेश दियो

इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिएको भन्दै ३० भन्दा बढी देशको निन्दा

बंगलादेशमा ऊर्जा संकट चर्किएपछि राति ८ बजेपछि सपिङ मल र पसल बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu