ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निलम्बनकै बीच अजरबैजानमा यु–१५ विश्वकप फेस्टिभल खेल्दै नेपाल


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १ : २५   बजे

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा रहे पनि नेपाली १५ वर्षमुनिका खेलाडीले अजरबैजानमा हुने फिफा यु–१५ विश्वकप एन्ड फेस्टिभलमा सहभागिता जनाउने भएका छन्।

फिफाले एन्फालाई निलम्बन गरे पनि प्रतियोगिताका लागि निलम्बनअघि नै नाम दर्ता भइसकेकाले नेपाली खेलाडीलाई प्रतियोगितामा सहभागी हुने अनुमति मिलेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए।

शाहका अनुसार यो प्रतियोगिता निलम्बनमा पर्नुअघि नै दर्ता गरिएको थियो। फिफाको प्रतिबन्धमा रहेको रुसका खेलाडीसमेत प्रतियोगितामा सहभागी भइरहेकाले नेपालको सहभागितामा समस्या नभएको उनले बताए।

प्रतियोगिताका लागि एन्फाले देशभरबाट खेलाडी छनोट प्रक्रिया सुरु गरेको छ। ‘फुटबलले विश्वलाई जोड्छ, हरेक प्रतिभालाई एक अवसर’ भन्ने नारासहित छनोट कार्यक्रम सञ्चालन गरिने एन्फाले जनाएको छ।

एन्फाका अनुसार ४९ जिल्ला र सात प्रदेशमा छनोट कार्यक्रम सञ्चालन हुनेछ। ४९ जिल्लामा साउन ३१ देखि भदौ ९ गतेसम्म, सात प्रदेशमा भदौ १२ देखि १४ गतेसम्म छनोट हुनेछ। त्यसपछि काठमाडौंमा भदौ १८ देखि २१ गतेसम्म केन्द्रीय छनोट आयोजना हुनेछ।

निलम्बनमा रहेको एन्फाले प्रतियोगितामा सहभागिताका लागि आवश्यक बजेट जुटाउने विषय भने चुनौतीपूर्ण बनेको छ। प्रवक्ता शाहले प्रतियोगिताका लागि नेपाल सरकारबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

उनका अनुसार खेलकुदमन्त्री एन्फाको निलम्बन फुकुवाका लागि पहल गरिरहेका छन्। यस्तो अवस्थामा यु–१५ विश्वकप फेस्टिभलमा नेपालको सहभागिताले युवा खेलाडीमा आशा जगाएको उनले बताए।

“यो प्रतियोगिताले खेलाडीमा आशा जगाएको छ। सहभागिताका लागि सरकारसँग सहयोग माग्छौँ,” शाहले भने।

एन्फा निलम्बनमा रहेका बेला नेपाली युवा खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाउनुलाई नेपाली फुटबलका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुजाता कोइरालाको आग्रह : ‘अहंकार त्यागेर कांग्रेस एकताको पक्षमा उभिनुस्’

शशांक कोइराला : ‘हाम्रो सभापति शेरबहादुर देउवा नै हो, उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्छ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुजाता कोइरालाको आग्रह : ‘अहंकार त्यागेर कांग्रेस एकताको पक्षमा उभिनुस्’

शशांक कोइराला : ‘हाम्रो सभापति शेरबहादुर देउवा नै हो, उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्छ’

China’s Cooling Industry and Tourism Boom Drive Economic Growth

Bill Gates’ Daughter Accused of Knowing About Fraudulent Shopping App Scheme

Leica Removes Russian Photographer From Award Shortlist After Ukraine Complaints

रोल्पाको बाढी–पहिरोबारे प्रधानमन्त्रीलाई भेटेर वर्षमान पुनले गराए उद्धार, राहत र पुनर्निर्माणमा ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu