ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिँदै


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १ : ३५   बजे

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते विश्वासको मत लिने भएका छन्।

नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले भदौ १ गते दिउँसो १ बजे प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्।

एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। मुख्यमन्त्री बानियाँले प्रदेश सभा सचिवालयलाई पत्राचार गरेपछि भदौ १ गतेका लागि प्रदेश सभा बैठक बोलाइएको हो।

५३ मत आवश्यक

१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार जोगाउन ५३ सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेश सभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

हाल मुख्यमन्त्री बानियाँको पक्षमा कांग्रेसका ३६ र हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसदको समर्थन देखिन्छ। बहुमतका लागि थप १५ सांसद आवश्यक पर्नेछ।

बहुमत जुटाउन मुख्यमन्त्री बानियाँले राप्रपाका १२ र नेमकिपाका ३ सांसदको समर्थन लिने प्रयास गरिरहेका छन्।

राप्रपा अझै अनिर्णीत

राप्रपाले भने प्रदेश सरकार गठनको अंकगणितमा तत्काल सहभागी नहुने संकेत गरेको छ। राप्रपाले आफ्नो समर्थनबारे औपचारिक निर्णय नगरेकाले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत जुटाउन थप चुनौती देखिएको छ।

मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्न नसके बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। त्यसैले भदौ १ गते हुने मतदानलाई प्रदेश सरकारको भविष्य निर्धारण गर्ने महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

नुवाकोटको रातमाटेमा पहिरो, सडक आवागमन ठप्प

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Israeli Settlers Establish New Outposts in Occupied West Bank Amid Rising Violence

Marjorie Taylor Greene Claims US Discussing Nuclear Weapons Against Iran

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

नुवाकोटको रातमाटेमा पहिरो, सडक आवागमन ठप्प

एनसेलले थप २०० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै

मनसुनमा लन्ड्री सहज बनाउन एलजीको एआई डीडी २.० वासर एन्ड ड्रायर नेपालमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu