ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुजाता कोइराला : ‘गगन थापामाथि विश्वास भयो, कांग्रेस हाँकेर अघि बढाउनुहुन्छ’


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   २ : १५   बजे

काठमाडौं, ३० साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सभापति गगन थापाको नेतृत्वप्रति आफू विश्वस्त बनेको बताएकी छन्।

सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै कोइरालाले सुरुवातमा युवा उमेरका थापाले पार्टी कसरी सञ्चालन गर्लान् भन्ने चिन्ता रहे पनि अहिले उनको नेतृत्वमा कांग्रेसले गति लिन थालेको बताइन्।

कोइराला परिवारका अन्य सदस्यहरू इतरपक्षको राष्ट्रिय भेलामा सहभागी भइरहेका बेला सुजाताले भने सानेपाबाटै गगन थापालाई सभापतिका रूपमा स्वीकार गरेर पार्टी एकताबद्ध हुन आग्रह गरिन्।

‘एकता गर्ने हो भने दुवै पक्षले केही न केही गिभ इन गर्नुपर्छ। गगन थापालाई मैले सोचेको थिइनँ, उहाँले यति राम्ररी कांग्रेसलाई हाँकेर ट्रयाकमा लग्नुहुन्छ,’ उनले भनिन्।

थापामा पार्टीलाई अघि बढाउने क्षमता र हिम्मत रहेको भन्दै उनले अन्य पदाधिकारीले समेत साथ दिएकोमा प्रशंसा गरिन्।

‘एक युवाले कसरी यो पार्टीलाई सम्हाल्न सक्ला भन्ने चिन्ता लाग्थ्यो, तर कांग्रेस छाड्दिनँ भन्ने लागेको थियो। अहिले मलाई गगन थापाजीमाथि विश्वास भयो। उहाँले यो पार्टी हाँकेर लैजानुहुन्छ, पार्टीलाई अगाडि बढाउन सक्ने ताकत उहाँमा रहेछ,’ कोइरालाले भनिन्।

उनले पार्टीका पदाधिकारीहरूले सभापति थापालाई सहयोग गरेर कांग्रेसलाई बलियो बनाउने काम गरिरहेको भन्दै प्रशंसा गरिन्।

‘कांग्रेसमा ठूलो षड्यन्त्र भइरहेको छ’

कोइरालाले कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै पार्टीभित्र एकता आवश्यक रहेको बताइन्।

आगामी संघीय तथा स्थानीय निर्वाचनमा कांग्रेसको प्रतिनिधित्व बलियो बनाउन पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

‘पार्टीको एकता हुनुपर्छ, चुनावहरू आइरहेका छन्, जितेर ल्याउनु छ। संघीय चुनाव छ, स्थानीय चुनाव छ, त्यसमा हाम्रो प्रतिनिधित्व एकदम बलियो हुनुपर्छ,’ उनले भनिन्।

एकताको नाममा एउटा पक्षले मात्रै सबै कुरा त्याग्दै जाने र अर्को पक्षले दम्भ तथा अहंकार राख्ने अवस्था स्वीकार्य नहुने उनले बताइन्। सभापति थापा पार्टी एकताका लागि धेरै लचिलो बनेको उनको दाबी छ।

‘पाँच वर्षमा पहिलो पार्टी बन्न सक्छ’

कोइरालाले कांग्रेसप्रति युवाको आकर्षण बढिरहेको भन्दै आगामी पाँच वर्षमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सकिने दाबी गरिन्।

‘डराउनुपर्ने, तर्सनुपर्ने केही छैन। पार्टीले गति लिँदै छ, राम्रो बाटोमा जाँदै छ। मैले बुझेअनुसार पार्टीमा युवाहरू आकर्षित हुँदै गइरहेका छन्। पाँच वर्षमा पहिलो पार्टी बन्न सक्छ,’ उनले भनिन्।

इतरपक्षलाई जिद्दी र अहंकार त्यागेर सभापति थापालाई स्वीकार गर्दै एकजुट हुन आग्रह गर्दै उनले पुराना नेताहरूले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताइन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चुनावपछि पहिलोपटक झापा जाँदै ओली, बालेनसँगको पराजयपछि गृहजिल्ला फर्किँदै

दुई महिनामै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं, ‘जय नेपाल पार्टी’ अलग–अलग बाटोमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने संकेत, ‘अमेरिकालाई थकाउने’ इरानको रणनीति

चुनावपछि पहिलोपटक झापा जाँदै ओली, बालेनसँगको पराजयपछि गृहजिल्ला फर्किँदै

दुई महिनामै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं, ‘जय नेपाल पार्टी’ अलग–अलग बाटोमा

US Accuses Over 40 Countries Of Aiding China In Tariff Evasion

Gambian Women Find Strength in Song After Loss

एसीसी प्रिमियर कपको तयारीमा नेपाल, भारतमा १० दिनको क्याम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu