ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर सोमबार, मन्त्रालय बाँडफाँटमा अझै सहमति जुटेन


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   २ : ४५   बजे

विराटनगर । कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् हेरफेर अब सोमबार मात्रै हुने भएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच मन्त्रीको नाम र मन्त्रालय बाँडफाँटबारे अझै केही विषयमा सहमति जुट्न बाँकी रहेपछि मन्त्रिपरिषद् पुनर्गठन सोमबारका लागि सरेको हो।

यसअघि दुवै दलका नेताहरूले शुक्रबारसम्ममा नयाँ मन्त्रीको टुंगो लगाउने बताएका थिए। तर, नेकपाले सरकारमा पठाउने मन्त्रीहरूको अन्तिम सूची तयार गर्न नसकेपछि हेरफेर प्रक्रिया लम्बिएको हो।

एमालेले भने हाल सरकारमा रहेका आफ्ना मन्त्रीलाई तत्काल परिवर्तन नगरी सरकारलाई निरन्तरता दिने तयारी गरेको छ। नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीको संख्या र नाममा भने अझै अन्तिम सहमति हुन सकेको छैन।

नेकपाका नेताहरूका अनुसार सोलुखुम्बुका गोम्बु शेर्पा र इलामकी खिनु लङ्वा लिम्बुलाई मन्त्री बनाउने विषयमा लगभग सहमति भइसकेको छ। लिम्बु यसअघि २०७९ सालको निर्वाचनअघि एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीबाट प्रदेश सरकारमा मन्त्री बनेकी थिइन्।

नेकपाको सम्भावित मन्त्रीको सूचीमा गीता तिम्सिनाको नाम पनि अगाडि रहेको छ। पार्टीभित्र यसपटक सरकारमा नयाँ अनुहारलाई प्राथमिकता दिनुपर्ने मत बलियो बनेपछि तिम्सिनाको नाम पहिलो प्राथमिकतामा परेको पार्टी निकट स्रोतको दाबी छ।

तर यसअघि मन्त्री भइसकेका केही सांसद पनि पुनः मन्त्री बन्ने दौडमा छन्। पूर्वसभामुख बाबुराम गौतम र यसअघि मन्त्री भइसकेका जीवन आचार्यलगायतका नेताहरूले पनि सरकारमा सहभागी हुन पहल गरिरहेको एक नेताले बताए।

पार्टीभित्र भने पटक–पटक अवसर पाएका नेताभन्दा अहिलेसम्म सरकारमा सहभागी हुन नपाएका सांसदलाई प्राथमिकता दिनुपर्ने मत बलियो रहेको बताइएको छ।

मन्त्रालयको भागबन्डामै मुख्य विवाद

एमाले र नेकपाबीच सरकारमा नेकपाले पाउने मन्त्रालयको संख्यामा पनि अझै सहमति भएको छैन। एमाले नेताहरू नेकपालाई तीन मन्त्रालय दिनुपर्ने पक्षमा छन् भने नेकपाले चार मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ।

एमाले नेता रेवतीरमण भण्डारीले तीन मन्त्री र एक राज्यमन्त्री दिएर दुवै पक्षबीच सहमति खोज्न सकिने बताएका छन्।

तर दलहरूबीच मन्त्रालयको संख्या र संरचनाबारे अन्तिम टुंगो नलागेको नेताहरूले बताएका छन्। सहमति जुटाउन पर्यटन र उद्योगलाई छुट्टाछुट्टै मन्त्रालय बनाउने विकल्पमा समेत छलफल भइरहेको छ।

त्यसरी मन्त्रालय विभाजन गरे पनि नयाँ मन्त्रालयको नेतृत्व मुख्यमन्त्रीले नै सम्हाल्ने र त्यसका लागि छुट्टै मन्त्री नियुक्त नगर्ने विकल्पमा समेत छलफल भइरहेको बताइएको छ।

मन्त्रालय थपेर भागबन्डा मिलाउने तयारी

सरकारमा सहभागी हुने दलहरूबीचको शक्ति सन्तुलन मिलाउन मन्त्रालय विभाजन गर्ने विकल्प अघि सारिएको हो। एमाले र नेकपा दुवैले मन्त्रालयको संख्या र जिम्मेवारीमा सहमति जुटाउन अन्तिम गृहकार्य गरिरहेका छन्।

मन्त्रीको संख्या र मन्त्रालयको भागबन्डामा सहमति भएपछि सोमबार नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी छ।

विश्वासको मत बुधबार

मन्त्रिपरिषद् हेरफेरसँगै नयाँ मन्त्रीहरूले सोमबार शपथ लिएपछि मुख्यमन्त्रीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

बजेट पारित भएपछि लामो समयदेखि स्थगित रहेको कोसी प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ। सोही बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिएको हो।

अहिले एमालेका चार मन्त्री

हाल कोसी प्रदेश सरकारमा नेकपा एमालेबाट चार जना मन्त्री छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री चिन्तन पाठक, सामाजिक विकास मन्त्री रामप्रसाद मेहता र आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप सरकारमा छन्।

मन्त्रिपरिषद् पुनर्गठनसँगै नेकपाको सरकारमा प्रवेश र मन्त्रालयको नयाँ भागबन्डाले कोसी प्रदेश सरकारको राजनीतिक समीकरणलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ। तर मन्त्रीको अन्तिम सूची र मन्त्रालयको जिम्मेवारीबारे सोमबारसम्म पनि दलहरूबीच निरन्तर छलफल चल्ने नेताहरूले बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गगन थापा बीपीको सिद्धान्तबाट विचलित भएको उमाकान्त चौधरीको आरोप

लेखकको निष्कर्ष– कांग्रेस एकताका लागि अझै थप प्रयत्न आवश्यक

सम्बन्धित

चुनावपछि पहिलोपटक झापा जाँदै ओली, बालेनसँगको पराजयपछि गृहजिल्ला फर्किँदै

कोसी प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीले राजीनामा दिने

दमक, गौरादह र इटहरीमा विद्युत् आपूर्ति सुधारका लागि प्रणाली सुदृढीकरण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

भोजपुरमा २ करोड ६१ लाखको लागतमा मोटरेबल बेलिब्रिज निर्माण हुँदै

८३ वर्षमा पनि उस्तै जोस : मोटरसाइकल चढेर जनताका काममा दौडिन्छन् सांसद गयानन्द मण्डल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu