ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुन्दन काफ्ले : ‘१५औँ महाधिवेशनमा पार्टीभित्रको भाइरसलाई ठेगान लगाउनुपर्छ’


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ४ : १५   बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता कुन्दन काफ्लेले संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले पार्टीलाई स्पष्ट दिशा दिने बताएका छन्। उनले कांग्रेसलाई सही दिशामा अघि बढाउन भेलाले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे।

शुक्रबार काठमाडौंमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै काफ्लेले कांग्रेसभित्र पछिल्लो समय पार्टी कमजोर हुँदा खुसी हुने प्रवृत्ति विकास भएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताए।

“कांग्रेसलाई अप्ठेरो पर्दा खुच्चिङ भन्ने प्रवृत्ति पार्टीभित्र विकास भएको छ,” उनले भने। यस्तो प्रवृत्तिले पार्टीलाई बलियो बनाउन नसक्ने भन्दै काफ्लेले आन्तरिक एकता र संगठन सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए।

उनले कांग्रेसभित्र अरूलाई कमजोर देखाएर आफूलाई बलियो ठान्ने प्रवृत्ति समेत बढेको टिप्पणी गरे। व्यक्तिगत गुट र स्वार्थभन्दा माथि उठेर पार्टीको हितमा काम गर्नुपर्ने उनको भनाइ थियो।

“अरूलाई कमजोर देखाएर आफूलाई बलियो ठान्ने प्रवृत्ति विकास भएको छ। १५औँ महाधिवेशनमा त्यो भाइरसलाई ठेगान लगाउनुपर्ने आवश्यकता छ,” काफ्लेले भने।

काफ्लेले कांग्रेसको १५औँ महाधिवेशन सुनिश्चित गर्न पार्टीका शीर्ष नेताहरूलाई आग्रहसमेत गरे। महाधिवेशनलाई अनिश्चित बनाउने वा आन्तरिक विवादमा अल्झाउनेभन्दा समयमै महाधिवेशन सम्पन्न गरी पार्टीलाई नयाँ दिशामा अघि बढाउनुपर्ने उनको भनाइ छ।

उनका अनुसार राष्ट्रिय भेलाको उद्देश्य कुनै समूहलाई कमजोर बनाउनु नभई कांग्रेसलाई एकताबद्ध, सुदृढ र प्रभावकारी राजनीतिक शक्तिका रूपमा पुनःस्थापित गर्नु हुनुपर्छ।

काफ्लेले पार्टीभित्र देखिएका असन्तुष्टि, गुटगत प्रतिस्पर्धा र नेतृत्वसम्बन्धी विवादको समाधान लोकतान्त्रिक विधि र महाधिवेशनबाट खोज्नुपर्नेमा जोड दिए।

उनको अभिव्यक्ति कांग्रेसभित्र १५औँ महाधिवेशन, नेतृत्व हस्तान्तरण र पार्टीको आगामी राजनीतिक दिशाबारे बहस तीव्र भइरहेका बेला आएको हो। भेलाले पार्टीभित्रको असन्तुष्टिलाई संस्थागत बहसमा रूपान्तरण गर्दै महाधिवेशनमार्फत नयाँ नेतृत्व र स्पष्ट राजनीतिक दिशातर्फ अघि बढ्न दबाब सिर्जना गर्नुपर्ने उनको सन्देश थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्च अदालतमा अन्तिम किनारा लागे पनि पूर्ण फैसला लेख्ने कार्यमा केही समययता धिमा गति

सांसदलाई मर्यादित भाषा प्रयोग गर्न कानुन समिति सभापति बास्कोटाको निर्देशन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इरानसँग तनावबीच अमेरिकी नौसेनाले ‘अब्राहम लिंकन’को स्थानमा ‘जर्ज वासिङ्टन’ पठाउने

Ukraine Recaptures Territory in Dnipropetrovsk as Russian Ballistic Strikes Escalate

Lavrov Vows Intensified Strikes Against Western Support for Ukraine

सर्वोच्च अदालतमा अन्तिम किनारा लागे पनि पूर्ण फैसला लेख्ने कार्यमा केही समययता धिमा गति

सांसदलाई मर्यादित भाषा प्रयोग गर्न कानुन समिति सभापति बास्कोटाको निर्देशन

सरकारले दुई सातामा गरेका कामको प्रगति सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu