काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज काठमाडौँको सुकेधारामा सुरु भएको छ।
भेलालाई कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्। कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाको सभापतित्वमा भेला आयोजना गरिएको हो, जुन तीन दिनसम्म सञ्चालन हुनेछ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित भेलामा नेपाली कांग्रेसका देशभरका नेता तथा कार्यकर्ताहरु सहभागी भएका छन्।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्