ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी कर्मचारीको विदेश भ्रमणमा कडाइ, पूर्वस्वीकृति अनिवार्य


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ५ : १५   बजे

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन नयाँ मापदण्ड लागू गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग तथा सरकारी निकायलाई परिपत्र गर्दै पूर्वस्वीकृतिविना कुनै पनि वैदेशिक भ्रमणमा कर्मचारी मनोनयन नगर्न निर्देशन दिएको हो।

नयाँ व्यवस्थाअनुसार वैदेशिक अध्ययन, तालिम, बैठक, गोष्ठी, सेमिनार, कार्यशाला, सम्मेलन वा अन्य कुनै प्रयोजनका लागि कर्मचारीलाई विदेश पठाउनुअघि सम्बन्धित निकायले अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्नेछ। पूर्वस्वीकृतिविना गरिने भ्रमण तथा कर्मचारी मनोनयनलाई रोक्ने गरी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ।

सरकारले विदेश भ्रमणलाई केवल औपचारिक भ्रमणमा सीमित नगरी त्यसबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई सरकारी संयन्त्रभित्र उपयोग गर्ने व्यवस्था पनि गरेको छ।

नयाँ मापदण्डअनुसार विदेश भ्रमणबाट फर्किएका कर्मचारीले आफूले सिकेका ज्ञान, सीप, प्रविधि तथा असल अभ्यास सम्बन्धित कार्यालयका अन्य कर्मचारीसँग अनिवार्य रूपमा आदानप्रदान गर्नुपर्नेछ। कार्यालयमा फर्किएर हाजिर भएको पाँच दिनभित्र सिकाइ तथा अनुभव आदानप्रदान गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

यसरी विदेश भ्रमणको प्रतिफललाई संस्थागत गर्ने र सीमित कर्मचारीले मात्र प्राप्त गरेको ज्ञानलाई सम्बन्धित कार्यालय तथा सरकारी संयन्त्रमा विस्तार गर्ने सरकारको उद्देश्य छ।

विदेश भ्रमणमा बढ्दो खर्च र चासो

सरकारी कर्मचारी तथा सार्वजनिक पदाधिकारीको विदेश भ्रमण पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढेको तथ्यांकले देखाउँछ।

उपलब्ध तथ्यांकअनुसार सन् २०२१ देखि २०२५ सम्मको पाँच वर्षमा ५६ हजार २६९ जना सार्वजनिक पदाधिकारी तथा सरकारी कर्मचारीले विभिन्न उद्देश्यले विदेश भ्रमण गरेका छन्।

सन् २०२१ मा ३ हजार ७८७ जना सरकारी कर्मचारी तथा सार्वजनिक पदाधिकारी विदेश भ्रमणमा गएका थिए। त्यस वर्ष दैनिक औसत करिब १० जनाले विदेश भ्रमण गरेका थिए।

त्यसपछि भ्रमण गर्नेको संख्या निरन्तर बढ्दै गएको देखिन्छ। सन् २०२२ मा ९ हजार ५२८, सन् २०२३ मा १६ हजार १०५, सन् २०२४ मा १३ हजार २९२ र सन् २०२५ मा १३ हजार ५५७ जना विदेश भ्रमणमा गएको तथ्यांक छ।

सन् २०२५ मा दैनिक औसत करिब ३७ जना सरकारी कर्मचारी तथा सार्वजनिक पदाधिकारी विदेश भ्रमणमा गएको देखिन्छ। सन् २०२१ को तुलनामा २०२५ मा विदेश भ्रमण गर्नेको संख्या साढे तीन गुणाभन्दा बढी भएको छ।

पाँच वर्षको अवधिमा वार्षिक औसत करिब ११ हजार २५४ जना सार्वजनिक पदाधिकारी तथा कर्मचारी विदेश भ्रमणमा गएको देखिन्छ।

‘भ्रमण होइन, प्रतिफलमा जोड’

सरकारले नयाँ व्यवस्था लागू गर्नुको मुख्य उद्देश्य अनावश्यक तथा औचित्यहीन विदेश भ्रमण नियन्त्रण गर्नुका साथै सरकारी खर्चमा हुने भ्रमणबाट वास्तविक प्रतिफल सुनिश्चित गर्नु रहेको जनाएको छ।

पूर्वस्वीकृतिको व्यवस्था अनिवार्य गर्दा कुन कर्मचारीलाई किन विदेश पठाउने, भ्रमणको उद्देश्य के हो र त्यसबाट सरकार तथा सम्बन्धित निकायलाई के उपलब्धि हुन्छ भन्ने विषयमा निर्णय लिन सहज हुने अपेक्षा गरिएको छ।

त्यस्तै, फर्किएपछि पाँच दिनभित्र अनुभव आदानप्रदान गर्नुपर्ने व्यवस्थाले विदेशमा सिकेको ज्ञान सम्बन्धित कर्मचारीमा मात्र सीमित नरही संस्थागत हुने सरकारको अपेक्षा छ।

पछिल्ला वर्षमा सरकारी कर्मचारीको विदेश भ्रमणको संख्या तीव्र रूपमा बढेको तथ्यांक सार्वजनिक भइरहेका बेला सरकारले ल्याएको यो व्यवस्थाले विदेश भ्रमणको संख्या घटाउनेभन्दा पनि त्यसको औचित्य, पारदर्शिता र प्रतिफलमा बढी जोड दिन खोजेको देखिन्छ। अब नयाँ मापदण्डको प्रभावकारिता भने यसको कार्यान्वयनमा हुने कडाइ र भ्रमणपछि प्राप्त उपलब्धिको वास्तविक अनुगमनमा निर्भर हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारद्वारा संवैधानिक इजलासमा मुद्दा पठाउने प्रक्रियाप्रति आपत्ति

जेनजी आन्दोलनमा पक्राउ परेकाको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एनपी साउद : ‘१४औँ महाधिवेशन पुनर्स्थापित नभएसम्म कांग्रेस एकता सम्भव छैन’

बारद्वारा संवैधानिक इजलासमा मुद्दा पठाउने प्रक्रियाप्रति आपत्ति

जेनजी आन्दोलनमा पक्राउ परेकाको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ्यो

नेपाली कांग्रेस संस्थापनइतर पक्षका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगप्रति आक्रोश व्यक्त

जेन–जी आन्दोलनका घाइते र सहिद परिवारसँगको सम्झौता कार्यान्वयन गर्न समिति गठन

मानिसको अनुहार हेरेर कुकुरले खुसी र दुःख छुट्याउन सक्छन् : अध्ययन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu