ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनपी साउद : ‘१४औँ महाधिवेशन पुनर्स्थापित नभएसम्म कांग्रेस एकता सम्भव छैन’


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ६ : ३५   बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति पुनर्स्थापित नभएसम्म कांग्रेसभित्र वास्तविक एकता सम्भव नहुने बताएका छन्।

शुक्रबार संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै साउदले विशेष महाधिवेशनमा सहभागी भएका र सहभागी नभएका सबै नेता–कार्यकर्ता १४औँ महाधिवेशनमा एउटै संरचनाभित्र रहेको स्मरण गराए।

“१४औँ महाधिवेशन पुनर्स्थापित नभएसम्म कांग्रेसको एकता हुन सक्दैन,” साउदले भने, “१४औँ महाधिवेशन यस्तो थियो कि जहाँ विशेष महाधिवेशनमा भाग लिएका मान्छे पनि र भाग नलिएका मान्छे पनि एकै थलोमा थियौँ।”

उनले कांग्रेसको वर्तमान विवाद केवल राजनीतिक मतभेदमा सीमित नरहेको भन्दै यसको कानुनी पक्षसमेत जोडिएको बताए। विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको पुनरावलोकन प्रक्रियाअघि राजनीतिक रूपमा एकताको वातावरण बनाउन कठिन हुने उनको भनाइ छ।

“हामी अदालत गइसकेपछि अध्ययन गरेर पुनरवलोकनको निस्सा दिएको छ। अब जसले जे भने पनि पुनरवलोकनअघि एकता हुन असाध्यै गाह्रो छ,” उनले भने।

अदालतको निर्णयपछि मात्र राजनीतिक निकास

साउदका अनुसार सर्वोच्च अदालतमा अहिले दुईवटा विषयमा पुनरावलोकनको प्रक्रिया अघि बढिरहेको छ। ती मुद्दाको टुंगो लागेपछि मात्रै कांग्रेसको आधिकारिक नेतृत्व र पार्टी संरचनाबारे स्पष्टता आउने उनको दाबी छ।

“१४औँ महाधिवेशनमा शेरबहादुर देउवाको सभापतित्वको समिति बहाल रहने कि विशेष महाधिवेशनले मान्यता पाउने ? यसको निक्र्योल भइसकेपछि मात्रै पार्टी एकताको राजनीतिक निर्णय हुन्छ,” साउदले भने।

उनले अदालतको प्रक्रियालाई बेवास्ता गरेर राजनीतिक सहमतिमात्रै खोज्दा पार्टीभित्रको मूल विवाद समाधान नहुने संकेत गरे।

‘संस्थापनले सार्थक संवाद गरेन’

साउदले पार्टी एकताका लागि आफूहरूले पहल गरिरहेको भए पनि संस्थापन पक्षले सार्थक संवादका लागि अग्रसरता नदेखाएको आरोप लगाए।

उनका अनुसार व्यक्तिगत रूपमा भेटघाट र छलफल भए पनि पार्टीभित्रको विवाद समाधानका लागि आवश्यक गम्भीर राजनीतिक बहस र औपचारिक संवाद हुन नसकेको छ।

“पार्टी मिलाउने, एकजुट बनाउने कुरामा कुनै किसिमको पहलकदमी लिनुभएन। व्यक्तिगत भेटघाट र छलफल गरे पनि सार्थक बहसका लागि टेबलमा आउनुभएन,” साउदले भने।

कांग्रेसभित्र विशेष महाधिवेशनपछि नेतृत्वको वैधानिकता, पार्टी संरचना र आगामी महाधिवेशनलाई लिएर विवाद चर्किरहेका बेला साउदको यस्तो अभिव्यक्ति आएको हो। उनको भनाइले पार्टी एकताको प्रश्न अब राजनीतिक सहमतिसँगै सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियासँग समेत प्रत्यक्ष रूपमा जोडिएको संकेत गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुने निधिको दाबी

नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम

सम्बन्धित

ईभी बढेसँगै ब्याट्री व्यवस्थापन नीति बनाउन विज्ञको सुझाव

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

मानिसको अनुहार हेरेर कुकुरले खुसी र दुःख छुट्याउन सक्छन् : अध्ययन

रोल्पाको सुनछहरी पहिरोमा मृत्यु हुनेको संख्या चार पुग्यो, सबै बेपत्ताको अवस्था खुल्यो

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई साढे ३ अर्ब भुक्तानी

यूएईको १२ वर्षे अनुभवबाट पोखरामा अरबिक स्वाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu