ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदलाई मर्यादित भाषा प्रयोग गर्न कानुन समिति सभापति बास्कोटाको निर्देशन


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ५ : ४५   बजे

काठमाडौं । संसदीय समितिका बैठकमा सांसदहरूको अभिव्यक्ति र व्यवहार अमर्यादित हुँदै गएको भन्दै प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले सांसदहरूलाई मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिएकी छन्।

समितिको आजको बैठकमा सभापति बास्कोटाले समितिमा आमन्त्रित व्यक्तिहरू राज्यका महत्वपूर्ण जिम्मेवारीमा रहेकाले उनीहरूसँग प्रश्न गर्दा तथा धारणा राख्दा सांसदहरूले आफ्नो भाषा र शैलीप्रति सचेत हुनुपर्ने बताइन्।

उनले सम्बन्धित विषयमा केन्द्रित भएर बोल्न तथा भाषाशैलीमा संवेदनशील र मर्यादित हुन सांसदहरूलाई आग्रह गरिन्।

सभापति बास्कोटाको यो निर्देशन समितिमा सत्तापक्षका सांसदहरूले समेत प्रश्न सोध्ने क्रममा कडा तथा अमर्यादित शैली प्रयोग गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक देखिएपछि आएको बताइएको छ।

कैदीबन्दीको मानव अधिकारबारे छलफल

कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा देशभरका हिरासत तथा कारागारमा रहेका कैदीबन्दीको मानव अधिकारको अवस्थाबारे छलफल भइरहेको छ।

बैठकमा कानुनमन्त्री सोबिता गौतम, गृहमन्त्री सुधन गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलगायत गृह मन्त्रालय तथा सुरक्षा निकायका अधिकारीहरू सहभागी छन्।

कानुनमन्त्री गौतमले कैदीबन्दीको मानव अधिकारको विषयमा सरकार गम्भीर रहेको बताइन्। गृहमन्त्री गुरुङले कारागार तथा हिरासतमा रहेका कैदीबन्दीको अवस्था सुधारका लागि आवश्यक कदम चालिने प्रतिबद्धता जनाएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम

कांग्रेस एकताका लागि देउवा, कोइराला र थापालाई गच्छदारको आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम

कांग्रेस एकताका लागि देउवा, कोइराला र थापालाई गच्छदारको आग्रह

गलत रेडियो फ्रिक्वेन्सीका कारण क्याथे प्यासिफिकको विमानलाई हंगेरीका लडाकु विमानले अवरोध गरे

कोशीमा एमाले–नेकपाबीच मन्त्रालय बाँडफाँडमा सहमति, नेकपाले चार मन्त्रालय पाउने

Fire Erupts at Russian Baltic Sea Port Following Drone Strike

Lavrov Accuses West of Illegal Attacks on Russian Maritime Trade

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu