ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस एकता अपरिहार्य छ : प्रकाशशरण महत


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ६ : २५   बजे

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेता प्रकाशशरण महतले पार्टी एकता अपरिहार्य रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महतले विगतका मतभेद र विवादलाई बिर्सिएर पार्टी एकताका लागि तत्काल पहल गर्नुपर्ने बताएका हुन्।

उनले पार्टीभित्र समझदारी कायम गर्न अधिकार सम्पन्न ‘स्टेरिङ कमिटी’ गठन गर्नुपर्ने प्रस्तावसमेत अघि सारे।

“समझदारीको बटमलाइन सजिलो थियो । अधिकार सम्पन्न स्टेरिङ कमिटी बनाऔँ,” महतले भने।

‘आत्मासहितको कांग्रेस आवश्यक’

महतले नेपाली कांग्रेसको आधिकारिकता कायम रहे पनि पार्टीभित्रको आत्मा कमजोर भएको टिप्पणी गरे।

उनका अनुसार अहिले कांग्रेससँग संगठनको ‘शरीर’ भए पनि त्यसमा आवश्यक राजनीतिक आत्मा नरहेको अवस्था छ। त्यसैले पार्टीलाई आत्मासहित पुनः एकताबद्ध बनाउनु आवश्यक रहेको उनले बताए।

“आत्मासहितको नेपाली कांग्रेस अहिलेको आवश्यकता हो,” महतले भने।

उनले पार्टीभित्रको विवाद र मतभेदलाई थप चर्काउनेभन्दा समाधान खोज्दै एकताका लागि सबै पक्ष अघि बढ्नुपर्नेमा जोड दिए।

तत्काल पहल गर्न आग्रह

महतले कांग्रेसभित्रको वर्तमान परिस्थितिलाई लामो समयसम्म कायम राख्न नहुने भन्दै पार्टी एकताका लागि तत्काल पहल आवश्यक रहेको बताए।

उनले विगतका घटनालाई लिएर एकअर्कालाई दोष दिनेभन्दा संवाद, समझदारी र सहकार्यका माध्यमबाट पार्टीलाई पुनः एकताबद्ध बनाउनुपर्ने धारणा राखे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झलनाथ खनाल र मोहनविक्रम सिंहबीच भेटवार्ता, राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल

‘धम्की र त्रासका कारण निर्वाचन आयोगले हामीलाई हरायो’ : पूर्णबहादुर खड्का

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

झलनाथ खनाल र मोहनविक्रम सिंहबीच भेटवार्ता, राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल

साहित्यिक पत्रकार संघको ५५औँ वार्षिकोत्सवमा पाँच स्रष्टा सम्मानित

‘धम्की र त्रासका कारण निर्वाचन आयोगले हामीलाई हरायो’ : पूर्णबहादुर खड्का

China Accuses U.S. of Escalating South China Sea Tensions

भारतमा बस–ट्रक ठोक्किँदा रौतहटका तीन तीर्थयात्रीको मृत्यु

China Defends Coast Guard Actions Near Disputed Reef

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu