काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गरेका छन् ।
शुक्रबार आयोजित राष्ट्रिय भेलामा उनले विधि विपरीत कांग्रेसको आधिकारिकता विशेष महाधिवेशन पक्षधरलाई दिएको भन्दै निर्वाचन आयोगप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले प्रश्न गरे, “गगनजी सभापति भएँ भन्दै जानुभयो । उहाँहरूले बनाएको दस्ताबेज लिएर जानुभयो । थपक्क त्यसको आधारमा प्रमाणपत्र दिन मिल्छ ? तपाईँहरूको यस्तो क्षमताबाट कानुनको परिपालना कसरी हुन्छ ? कांग्रेसको रेकर्डबारे शेरबहादुर देउवालाई सोध्नपर्दैन?”
आयोगको निर्णय
निर्वाचन आयोगले गत माघ २ गते विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको थियो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापाको नेतृत्वलाई आधिकारिकता प्रदान गरेको हो ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्