ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारद्वारा संवैधानिक इजलासमा मुद्दा पठाउने प्रक्रियाप्रति आपत्ति


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ६ : ३५   बजे

काठमाडौं । नेपाल बार एसोसिएसनले सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगविरुद्ध दायर रिटहरूलाई टिप्पणी आदेशमार्फत संवैधानिक इजलासमा पठाउने प्रक्रियाप्रति आपत्ति जनाएको छ।

बारले यस्तो प्रक्रियाले न्यायपालिकामाथि नियन्त्रण र निर्देशनको खतरा बढ्न सक्ने भन्दै तत्काल सच्याउन प्रधानन्यायाधीश डा. मनोज शर्माको ध्यानाकर्षण गराएको हो।

नेपाल बार एसोसिएसनका महासचिव तथा वरिष्ठ अधिवक्ता केदार कोइरालाले शुक्रबार विज्ञप्ति जारी गर्दै विचाराधीन मुद्दालाई तोक आदेशमार्फत अर्को इजलासमा पठाउने कार्यप्रति असहमति जनाएका छन्।

पारदर्शी प्रक्रियाको माग

बारका अनुसार खुला इजलासमा विचाराधीन मुद्दा कुन इजलासमा पठाउने वा नपठाउने भन्ने विषय पेशीका क्रममा बहस तथा छलफलबाट टुंग्याउने परम्परा र अभ्यास रहँदै आएको छ। तर प्रशासनिक टिप्पणीका आधारमा मुद्दा संवैधानिक इजलासमा पठाउने प्रक्रिया पारदर्शी नभएको बारको भनाइ छ।

बारले न्यायपालिका संविधानवादको रक्षक भएकाले कुनै पनि हालतमा नियन्त्रित वा निर्देशित हुन नहुने जनाएको छ। संवैधानिक इजलासको छनोटपूर्ण गठन तथा तोक आदेशबाट विचाराधीन मुद्दा स्थानान्तरण गर्ने कार्यले न्यायपालिकाको स्वतन्त्रतामाथि प्रश्न उठाउने भन्दै त्यस्ता अभ्यास तत्काल सच्याउन माग गरिएको छ।

सम्पत्ति छानबिनसम्बन्धी रिट

सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगको वैधतामाथि प्रश्न उठाउँदै दायर रिटमा सर्वोच्च अदालतले गत असार २६ गते तत्काल छानबिन कार्य रोक्न अन्तरिम आदेश दिएको थियो।

न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको इजलासले छानबिन कार्य रोक्दै उक्त रिटलाई तीनजना न्यायाधीश संलग्न पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो। आयोगको क्षेत्राधिकारलगायत विषयमा प्रश्न उठाउँदै दायर अन्य रिटहरू पनि पूर्ण इजलासमा विचाराधीन छन्।

संवैधानिक इजलासमा पठाउने तयारी

अदालत प्रशासनले ती विवादमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेको उल्लेख गर्दै मुद्दालाई संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीशसमक्ष पेस गरेको छ। प्रशासनिक टिप्पणीसहित गत साउन १८ गते प्रधानन्यायाधीशसमक्ष प्रस्ताव पेस गरिएको जनाइएको छ।

तर, नेपाल बार एसोसिएसनले भने विचाराधीन मुद्दाको इजलास निर्धारण तथा स्थानान्तरणमा स्थापित न्यायिक प्रक्रिया र पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झलनाथ खनाल र मोहनविक्रम सिंहबीच भेटवार्ता, राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल

‘धम्की र त्रासका कारण निर्वाचन आयोगले हामीलाई हरायो’ : पूर्णबहादुर खड्का

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

झलनाथ खनाल र मोहनविक्रम सिंहबीच भेटवार्ता, राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल

साहित्यिक पत्रकार संघको ५५औँ वार्षिकोत्सवमा पाँच स्रष्टा सम्मानित

‘धम्की र त्रासका कारण निर्वाचन आयोगले हामीलाई हरायो’ : पूर्णबहादुर खड्का

China Accuses U.S. of Escalating South China Sea Tensions

भारतमा बस–ट्रक ठोक्किँदा रौतहटका तीन तीर्थयात्रीको मृत्यु

China Defends Coast Guard Actions Near Disputed Reef

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu