काठमाडौं । सरकारले काठमाडौं जिल्लाका विभिन्न स्थानमा २४ सै घण्टा ग्यास बिक्री गर्ने व्यवस्था मिलाउने तयारी गरेको छ।
उद्योग मन्त्रालयमा शुक्रबार भएको छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले ग्यास बिक्रीका लागि जिल्लाका विभिन्न स्थान पहिचान गरी आवश्यक तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार काठमाडौंका विभिन्न ठाउँमा ३० देखि ५० वटा बिक्री केन्द्र तोकेर चौबीसै घण्टा ग्यास उपलब्ध गराउने योजना बनाइएको छ।
“काठमाडौंका विभिन्न ठाउँ हेरेर ३०/४० वा ५० ठाउँमा ग्यास बिक्रीका लागि तयारी भइरहेको छ,” पौडेलले भने।
उपभोक्तालाई सहज बनाउने उद्देश्य
पछिल्लो समय ग्यास अभावका कारण उपभोक्ताले समस्या भोग्दै आएका छन्। त्यसलाई सम्बोधन गर्दै सरकारले चौबीसै घण्टा ग्यास उपलब्ध गराउने व्यवस्था गर्न लागेको हो।
निश्चित स्थानमा निरन्तर ग्यास बिक्रीको व्यवस्था भएपछि उपभोक्ताले आवश्यक परेको समयमा ग्यास खरिद गर्न सक्ने र अभावका बेला हुने भीड तथा असहजता कम हुने सरकारको अपेक्षा छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्