ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली मदिराको ट्रेडमार्कमा ‘स्कच’ र ‘स्कटिस’ शब्द प्रयोग गर्न नपाइने


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ७ : ५५   बजे

चितवन । नेपालमा उत्पादित मदिराको ट्रेडमार्क वा लोगोमा ‘स्कच’ र ‘स्कटिस’ शब्द प्रयोग गर्न नपाइने सर्वोच्च अदालतले फैसला गरेको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उच्च अदालत पाटन र उद्योग विभागको निर्णयलाई सदर गर्दै यस्तो फैसला गरेको हो। सर्वोच्चले २०८२ भदौमा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो।

‘स्कच ह्विस्की’ लेखिएको ट्रेडमार्कमा विवाद

रुपन्देहीको देवदहस्थित मोहिनी हाइजिन प्रोडक्ट्सले मदिराजन्य पेय पदार्थका लागि ‘भिजन एन्ड लोगो’ नामक ट्रेडमार्क दर्ता गर्न उद्योग विभागमा आवेदन दिएको थियो। प्रस्तावित लोगोमा ‘फाइनेस्ट रियर स्कच ह्विस्की’ भन्ने वाक्यांश राखिएको थियो।

त्यसमा बेलायतको एडिनबर्गस्थित द स्कच ह्विस्की एसोसिएसनले आपत्ति जनाउँदै उद्योग विभागमा उजुरी दिएको थियो।

एसोसिएसनले ‘स्कच’ सामान्य व्यापारिक नाम नभई स्कटल्यान्डको भौगोलिक पहिचान, परम्परा र गुणस्तरसँग जोडिएको भौगोलिक सङ्केत (GI) भएको दाबी गरेको थियो। नेपालमा उत्पादित मदिरामा उक्त शब्द प्रयोग गर्दा उपभोक्ता भ्रमित हुनसक्ने र अन्तर्राष्ट्रिय कानुनी दायित्व उल्लङ्घन हुने उसको तर्क थियो।

उद्योग विभागले २०७४ साउन १० गते मोहिनी हाइजिन प्रोडक्ट्सलाई ट्रेडमार्कबाट ‘स्कच’ शब्द हटाउन निर्देशन दिएको थियो। साथै ‘स्कच’ वा ‘स्कटिस’ शब्द भएका ट्रेडमार्क आवेदन स्वीकार नगर्न औद्योगिक सम्पत्ति शाखालाई समेत निर्देशन दिएको थियो।

उच्च अदालतको निर्णय पनि सदर

विभागको निर्णयविरुद्ध मोहिनी हाइजिन प्रोडक्ट्स उच्च अदालत पाटन पुगेको थियो। उच्च अदालतले २०७५ असार १९ गते उद्योग विभागकै निर्णयलाई सदर गरेपछि कम्पनी सर्वोच्च अदालत पुगेको थियो।

सर्वोच्चले पनि तल्लो अदालत र विभागको निर्णयलाई सही ठहर गरेको हो।

विदेशी भौगोलिक सङ्केतको संरक्षण गर्नुपर्ने

नेपाल विश्व व्यापार सङ्गठन (WTO), ट्रिप्स सम्झौता तथा पेरिस महासन्धिको पक्ष राष्ट्र भएकाले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त भौगोलिक सङ्केतको संरक्षण गर्नु नेपालको कानुनी दायित्व भएको सर्वोच्चले स्पष्ट पारेको छ।

अदालतका अनुसार नेपाली मदिरामा ‘स्कच’ शब्द प्रयोग गर्दा उपभोक्ताले उक्त उत्पादन स्कटल्यान्डमा उत्पादित वा त्यहाँको उत्पादनसँग सम्बन्धित रहेको भ्रममा पर्न सक्ने सम्भावना रहन्छ।

विदेशी भौगोलिक सङ्केतलाई संरक्षण गर्नु नेपालका आफ्नै मौलिक उत्पादनका लागि समेत महत्वपूर्ण हुने सर्वोच्चको ठहर छ। नेपालले विदेशी उत्पादनका भौगोलिक पहिचानलाई संरक्षण नगरे भविष्यमा इलामको चिया, मुस्ताङको स्याउ, पाल्पाली ढाका वा जुम्ली दाल जस्ता नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा भौगोलिक सङ्केतको संरक्षण दाबी गर्दा समस्या आउन सक्ने अदालतले औँल्याएको छ।

अब नेपाली मदिरा उत्पादकलाई प्रतिबन्ध

सर्वोच्चको फैसलासँगै नेपालमा उत्पादित मदिराको ट्रेडमार्क, लोगो वा ब्रान्ड पहिचानमा ‘स्कच’ तथा ‘स्कटिस’ शब्द प्रयोग गर्न नपाइने भएको छ।

यस फैसलाले नेपालमा विदेशी भौगोलिक सङ्केतको संरक्षण र स्वदेशी ब्रान्डको ट्रेडमार्क प्रयोगसम्बन्धी अभ्यासका लागि समेत महत्वपूर्ण नजिर स्थापित गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दक्षिण कोरियामा नेपाली दक्ष कामदारका लागि ई–७ भिसाको बाटो खुल्दै, मागपत्र प्रमाणीकरण सुरु

मन्त्रालय गाभिएपछि बागमतीमा प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

सम्बन्धित

मधुश्रावणी पर्व आज समापन हुँदै, प्रेम, संस्कृति र नवविवाहिताको भावनासँग जोडिएको मैथिल पर्व

स्याङ्जामा किसानलाई दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान

आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ १ पैसा

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ सिलबन्दी गर्न मेडिकल काउन्सिलको सिफारिस

ब्याट्री रिसाइक्लिङको जिम्मा आयातकर्तालाई मात्रै दिनु हुँदैन : आकाश गोल्छा

इथानोल मिश्रित पेट्रोलमा विज्ञको सुझाव : हतार नगर्नुहोस्, सवारीसाधनको अनुकूलता हेर्नुहोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu