ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्याङ्जामा किसानलाई दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ८ : ३५   बजे

स्याङ्जा । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले किसानलाई दूधमा प्रतिलिटर ५ रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ।

कार्यालयका अनुसार भीरकोट नगरपालिका–१ स्थित भीरकोट दुग्ध उत्पादक सहकारीमार्फत बिक्री भएको १ लाख २६ हजार २९ लिटर दूधमा ६ लाख ३० हजार १४५ रुपैयाँ अनुदान दिइएको छ। त्यस्तै, चापाकोट नगरपालिका–५ क्वामीस्थित रत्नपुर साना किसान सहकारीलाई ७० हजार ८१७ लिटर दूधका लागि ३ लाख ५४ हजार ८५ रुपैयाँ अनुदान उपलब्ध गराइएको हो।

कार्यालय प्रमुख डा. रुपेश श्रेष्ठका अनुसार कार्यालयले सार्वजनिक गरेको सूचनाका आधारमा छनोट भएका सहकारीमा आबद्ध किसानले गाई तथा भैँसीपालनबाट उत्पादन गरेको दूध सहकारीको संकलन केन्द्रमार्फत बिक्री गरेबापत अनुदान पाएका हुन्।

विभिन्न कार्यक्रममार्फत अनुदान

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले दूधबाहेक विभिन्न कार्यक्रमअन्तर्गत गरी कुल १ करोड २८ लाख ६७ हजार २०० रुपैयाँ अनुदान वितरण गरेको जनाएको छ।

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमअन्तर्गत नयाँ गोठ, तारबार, टाट्नो, बोका तथा यान्त्रिकीकरणका लागि कालीगण्डकी–१ र २ स्थित कालीगण्डकी कृषि उद्यमी महिला सहकारी संस्थालाई ८ लाख ४६ हजार ७३९ रुपैयाँ अनुदान दिइएको छ।

त्यस्तै, भीरकोट–२ स्थित बलाम डाँडा शान्ति कृषि तथा पशुपन्छीपालन कृषक समूहलाई ८ लाख ११ हजार ३४ रुपैयाँ, भीरकोट–३ स्थित बानेथोक देउराली बाख्रापालन समूहलाई ८ लाख ८८ हजार ९२४ रुपैयाँ तथा फेदीखोला–४ स्थित छेलो हाल्ने महिला कृषक समूहलाई ८ लाख ४२ हजार २३१ रुपैयाँ अनुदान दिइएको कार्यालयले जनाएको छ।

पशुपन्छी तथा मत्स्य उत्पादनमा पनि सहयोग

कालीगण्डकी करिडोर केन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत गोठ तथा भकारो सुधारका लागि पकवादी कृषि सहकारी संस्थालाई १७ लाख ४० हजार ७३० रुपैयाँ र आमा बहुउद्देश्यीय सहकारी संस्थालाई १७ लाख ६२ हजार ४४१ रुपैयाँ अनुदान दिइएको छ।

यस्तै, व्यावसायिक ब्लक विकास कार्यक्रमअन्तर्गत हरिनास गाउँपालिकाका वडा नम्बर ४, ५, ६ र ७ मा सूर्यमुखी बाख्रापालन तथा कृषि समूहलाई २७ लाख ८७ हजार ३०२ रुपैयाँ अनुदान उपलब्ध गराइएको छ।

उत्पादनसँग जोड्नुपर्नेमा जोड

कार्यालयले किसानलाई अनुदान उपलब्ध गराए पनि उत्पादन र वास्तविक आवश्यकताका आधारमा अनुदान वितरण, कृषि ऋणमा सहज तथा सहुलियत र उत्पादनको बजार सुनिश्चितता आवश्यक देखिएको जनाएको छ।

किसानलाई अनुदानसँगै उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न सके कृषि तथा पशुपालन क्षेत्रलाई थप व्यावसायिक बनाउन सहयोग पुग्ने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोदी खोलामा एक महिनामै तेस्रोपटक बाढी, दुई पुल र मन्दिर बगायो

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

नेपाली मदिराको ट्रेडमार्कमा ‘स्कच’ र ‘स्कटिस’ शब्द प्रयोग गर्न नपाइने

आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ १ पैसा

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ सिलबन्दी गर्न मेडिकल काउन्सिलको सिफारिस

ब्याट्री रिसाइक्लिङको जिम्मा आयातकर्तालाई मात्रै दिनु हुँदैन : आकाश गोल्छा

इथानोल मिश्रित पेट्रोलमा विज्ञको सुझाव : हतार नगर्नुहोस्, सवारीसाधनको अनुकूलता हेर्नुहोस्

इन्डोनेसियाले ७५० भन्दा बढी घाटामा रहेका सरकारी उद्यम बन्द गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu