ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्याट्री रिसाइक्लिङको जिम्मा आयातकर्तालाई मात्रै दिनु हुँदैन : आकाश गोल्छा


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १० : १५   बजे

काठमाडौं । अटोमोबाइल व्यवसायी तथा नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)का संस्थापक आकाश गोल्छाले विद्युतीय सवारीसाधनको ब्याट्री व्यवस्थापन तथा रिसाइक्लिङको जिम्मेवारी सवारी आयातकर्तालाई मात्र दिन नहुने बताएका छन्।

नाइमाले शुक्रबार आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ विषयक संवादमा बोल्दै गोल्छाले भारतको उदाहरण दिँदै ब्याट्री व्यवस्थापनका लागि छुट्टै विशेषज्ञ कम्पनी र व्यवस्थित प्रणाली आवश्यक रहेको बताए।

उनले ईभीको ब्याट्रीसँगै मोबाइल फोन, ल्यापटपलगायत विद्युतीय उपकरणमा प्रयोग हुने ब्याट्रीको व्यवस्थापनसमेत चुनौतीपूर्ण बन्दै गएको बताए।

कानुन र प्रणालीकै अभाव

गोल्छाका अनुसार नेपालमा ब्याट्री व्यवस्थापनसम्बन्धी स्पष्ट कानुनी तथा संस्थागत प्रणाली छैन। पुराना मोबाइल र ल्यापटपका ब्याट्रीमध्ये धेरै भारततर्फ जाने तथा केही फोहोर र नदी क्षेत्रमा पुग्ने गरेको उनले बताए।

परम्परागत लिड–एसिड ब्याट्री र लिथियम आयन ब्याट्रीको व्यवस्थापन प्रक्रिया फरक हुने भएकाले त्यसअनुसार छुट्टाछुट्टै नीति आवश्यक रहेको उनको भनाइ छ।

उनले दुर्घटनामा क्षतिग्रस्त ईभीको ब्याट्रीको जिम्मेवारी कसले लिने भन्ने विषयसमेत स्पष्ट नभएको बताए।

‘गाडी दुर्घटनापछि ब्याट्री फालिएमा त्यसको जिम्मेवारी कसको भन्ने कानुनी स्पष्टता छैन,’ गोल्छाले भने।

उनका अनुसार वारेन्टीअन्तर्गत फिर्ता आउने ब्याट्री आयातकर्तासँग आउने भए पनि दुर्घटना वा अन्य कारणले क्षतिग्रस्त ब्याट्री सधैँ आयातकर्ताकै नियन्त्रणमा नहुने भएकाले आयातकर्तालाई मात्रै जिम्मेवार बनाउनु व्यावहारिक हुँदैन।

सरकार, व्यवसायी र उपभोक्ताको साझा दायित्व

गोल्छाले ब्याट्री व्यवस्थापनको दायित्व सरकार, आयातकर्ता, उपभोक्ता र अन्य सरोकारवालाबीच बाँडिने गरी प्रणाली विकास गर्नुपर्ने बताए।

नेपालबाट पुराना ब्याट्री निर्यात गर्दा समेत उचित मूल्य प्राप्त हुने व्यवस्था गर्न सके ग्रे मार्केटमा जाने क्रम रोक्न सकिने उनको भनाइ छ।

उनका अनुसार भारतमा ब्याट्री रिसाइक्लिङलाई प्रोत्साहन गर्न प्रतिकिलो २ देखि ५ रुपैयाँसम्म रिबेट दिने व्यवस्था रहेको छ। नेपालले पनि यस्तै प्रोत्साहनमूलक नीति लिनुपर्ने उनले सुझाव दिए।

लिथियम ब्याट्रीको ‘ब्ल्याक मास’ निर्यात गर्न सकिने

लिथियम आयन ब्याट्री रिसाइक्लिङ गर्दा त्यसमा रहेका प्लास्टिक, तामा, एल्युमिनियमलगायत सामग्री छुट्याउन सकिने गोल्छाले बताए।

नेपालमा पूर्ण रिसाइक्लिङ पूर्वाधार तयार नभएसम्म प्रशोधनबाट प्राप्त ‘ब्ल्याक मास’ भारततर्फ निर्यात गरेर मूल्य अभिवृद्धि गर्न सकिने उनको भनाइ छ।

लाइसेन्सप्राप्त रिसाइक्लरलाई जिम्मा दिनुपर्ने

गोल्छाले ब्याट्री व्यवस्थापनलाई बाध्यकारी नियम बनाएर आयातकर्तामाथि मात्र दायित्व थोपर्नुभन्दा सरकारले स्पष्ट कानुन र मापदण्ड बनाउनुपर्ने बताए।

उनले भारतमा जस्तै लाइसेन्सप्राप्त छुट्टै रिसाइक्लिङ कम्पनीलाई ब्याट्री संकलन तथा प्रशोधनको जिम्मेवारी दिनुपर्ने सुझाव दिए।

‘सरकारले कानुनी रूपमै लाइसेन्स प्राप्त रिसाइक्लरहरूलाई मात्र संकलन र प्रशोधनको जिम्मा दिनुपर्छ,’ गोल्छाले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ सिलबन्दी गर्न मेडिकल काउन्सिलको सिफारिस

इथानोल मिश्रित पेट्रोलमा विज्ञको सुझाव : हतार नगर्नुहोस्, सवारीसाधनको अनुकूलता हेर्नुहोस्

इन्डोनेसियाले ७५० भन्दा बढी घाटामा रहेका सरकारी उद्यम बन्द गर्ने

जेनजी आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेर अघि बढ्नुपर्छ : मन्त्री गौतम

नेपाली अटो व्यवसायीलाई ब्याट्री व्यवस्थापनको जिम्मा दिनु व्यावहारिक छैन : भारतीय रिसाइकल कम्पनीका सीईओ

एक दशकभित्र नेपालको अर्थतन्त्र एक खर्ब डलर पुर्‍याउने लक्ष्यसहित सीएनआईको ‘बजेट वाच’ तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu