ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली अटो व्यवसायीलाई ब्याट्री व्यवस्थापनको जिम्मा दिनु व्यावहारिक छैन : भारतीय रिसाइकल कम्पनीका सीईओ


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १० : ०५   बजे

काठमाडौं । भारतीय ब्याट्री रिसाइकल कम्पनी रिब्याटका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) करण खुरानाले नेपाली अटो व्यवसायीलाई विद्युतीय सवारीसाधनका ब्याट्री व्यवस्थापनको जिम्मेवारी दिनु व्यावहारिक नभएको बताएका छन् ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ संवादमा बोल्दै खुरानाले ब्याट्री व्यवस्थापन अटो व्यवसायीको मुख्य व्यावसायिक दायित्वभित्र नपर्ने भएकाले उनीहरूलाई नै जिम्मेवारी दिनु उचित नहुने बताएका हुन् ।

उनका अनुसार नेपालमा हाल ब्याट्री रिसाइक्लिङको छुट्टै उद्योग छैन र पुराना ब्याट्रीको व्यवस्थापन तथा प्रशोधनका अधिकांश काम विदेशमा हुने गरेका छन् । विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै पुराना ब्याट्रीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उनले बताए ।

खुरानाले नेपालको भौगोलिक अवस्था र भारतसँगको खुला सीमाका कारण ब्याट्रीको संकलन, व्यवस्थापन तथा ट्र्याकिङमा थप चुनौती रहेको बताए । नेपालबाट लेड–एसिडलगायतका ब्याट्री अनधिकृत रूपमा भारततर्फ जाने जोखिम रहेको उनको भनाइ छ ।

उनले राजमार्गका विभिन्न स्थानमा सरकारले आधिकारिक ब्याट्री संकलन केन्द्र स्थापना गर्नुपर्ने सुझाव दिए । काठमाडौंमा ब्याट्री रिसाइक्लिङको इकोसिस्टम बनाउन तुलनात्मक रूपमा सहज भए पनि दुर्गम तथा हिमाली क्षेत्रमा संकलन र व्यवस्थापन जटिल हुने उनले बताए ।

सरकारले रिसाइक्लिङलाई मात्र बाध्यकारी बनाउनुको सट्टा स्पष्ट नियम, मापदण्ड र निर्देशिका बनाउनुपर्ने उनको सुझाव छ ।

ब्ल्याक मास लिथियम–आयन ब्याट्रीको हकमा ब्याट्री खोलेर प्लास्टिक, एल्युमिनियम, कपरलगायतका सामग्री छुट्याउनुपर्ने उनले बताए । नेपालमा हाल ब्ल्याक मास रिसाइक्लिङ गर्ने प्रविधि नभए पनि प्रशोधनपछि भारत वा अन्य देशमा निर्यात गरेर मूल्य अभिवृद्धि गर्न सकिने उनको भनाइ छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ सिलबन्दी गर्न मेडिकल काउन्सिलको सिफारिस

ब्याट्री रिसाइक्लिङको जिम्मा आयातकर्तालाई मात्रै दिनु हुँदैन : आकाश गोल्छा

इथानोल मिश्रित पेट्रोलमा विज्ञको सुझाव : हतार नगर्नुहोस्, सवारीसाधनको अनुकूलता हेर्नुहोस्

इन्डोनेसियाले ७५० भन्दा बढी घाटामा रहेका सरकारी उद्यम बन्द गर्ने

जेनजी आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेर अघि बढ्नुपर्छ : मन्त्री गौतम

एक दशकभित्र नेपालको अर्थतन्त्र एक खर्ब डलर पुर्‍याउने लक्ष्यसहित सीएनआईको ‘बजेट वाच’ तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu