ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेर अघि बढ्नुपर्छ : मन्त्री गौतम


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १० : ०५   बजे

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरी अघि बढ्नुपर्ने बताएकी छन् ।

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले ठूलो राजनीतिक तथा सामाजिक द्वन्द्वपछि हुने सहमितलाई राज्यका सबै संयन्त्रले स्वीकार गर्नुपर्ने बताइन् ।

उनले २०६२/६३ को जनआन्दोलन र १० वर्षे सशस्त्र द्वन्द्व अन्त्यका लागि भएको शान्ति सम्झौताको उदाहरण दिँदै राजनीतिक सहमतिलाई राज्यले अपनत्व लिएर कार्यान्वयन गर्नुपर्ने धारणा राखिन् ।

उनका अनुसार जेनजी आन्दोलनका क्रममा २०८२ मंसिर २५ गते जेनजी र सरकारबीच भएको सहमतिलाई तत्कालीन सरकारले आन्दोलनलाई जनआन्दोलनका रूपमा स्वीकार गरिसकेको छ ।

समाजलाई द्वन्द्वबाट संवैधानिक र शान्तिपूर्ण बाटोमा फर्काउन तत्कालीन सरकारले गरेको सम्झौतालाई राज्यका सबै निकाय र सम्बन्धित पक्षले अंगीकार गर्नुपर्ने उनको भनाइ छ ।

राजनीतिक सहमतिलाई दुई पक्षबीचको कागजी सम्झौताका रूपमा मात्र बुझेर बेवास्ता गरिए आन्दोलनमा सहभागी नागरिकको असन्तुष्टि पुनः बल्झिन सक्ने उनले चेतावनी दिइन् ।

‘राज्यको प्रतिबद्धता तोडियो भने प्रतिबद्धता गरेर पनि मान्दो रहेनछ भन्ने पर्छ,’ उनले भनिन्, ‘आगामी दिनमा आन्दोलन भयो वा असहमति भयो भने सम्झौता गरेर ट्र्याकमै ल्याउन सक्दैनौँ।’

मन्त्री गौतमले आन्दोलनको फाइदा उठाएर गलत काम गर्ने र आन्दोलनमा सहभागी भएकै कारण मुद्दा खेपिरहेका व्यक्तिलाई एउटै दृष्टिले हेर्न नहुने बताइन् ।

छानबिन समितिले आन्दोलनको आवरणमा भएका आपराधिक गतिविधि र आन्दोलनमा सहभागी भएका व्यक्तिको अवस्थालाई फरक ढंगले हेर्नुपर्ने उनको भनाइ छ ।

उनले जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनका रूपमा स्वीकार गरिसकेकाले त्यससँग सम्बन्धित राजनीतिक सम्झौतालाई पनि सबैले स्वीकार गरी सहजीकरण गरेर अघि बढ्नुपर्ने बताइन् ।

संविधान र समाजलाई शान्तिपूर्ण बाटोमा जोगाउन गरिएको सम्झौता कार्यान्वयन गर्न हिच्किचाउन नहुने भन्दै मन्त्री गौतमले कर्मचारी संयन्त्रलाई समेत अन्योलमा नपार्न आग्रह गरिन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ सिलबन्दी गर्न मेडिकल काउन्सिलको सिफारिस

ब्याट्री रिसाइक्लिङको जिम्मा आयातकर्तालाई मात्रै दिनु हुँदैन : आकाश गोल्छा

इथानोल मिश्रित पेट्रोलमा विज्ञको सुझाव : हतार नगर्नुहोस्, सवारीसाधनको अनुकूलता हेर्नुहोस्

इन्डोनेसियाले ७५० भन्दा बढी घाटामा रहेका सरकारी उद्यम बन्द गर्ने

नेपाली अटो व्यवसायीलाई ब्याट्री व्यवस्थापनको जिम्मा दिनु व्यावहारिक छैन : भारतीय रिसाइकल कम्पनीका सीईओ

एक दशकभित्र नेपालको अर्थतन्त्र एक खर्ब डलर पुर्‍याउने लक्ष्यसहित सीएनआईको ‘बजेट वाच’ तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu