ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिटौलाको आरोप– ‘लहडमा’ गगन नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिइयो


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ८ : ३५   बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई ‘लहडमा’ आधिकारिकता दिएको आरोप लगाएका छन्।

शुक्रबार इतरपक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले आधिकारिकता दिने निर्वाचन आयोगका आयुक्तको भूमिकामाथि समेत प्रश्न उठाए। उनले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई आफूहरूले वैधानिक नमान्ने बताए।

सिटौलाले गगन थापालाई सभापति भन्नसमेत आफूलाई मन नलागेको टिप्पणी गरे। “गगन भाइलाई सभापति भन्न मनै लागेको छैन। विशेष महाधिवेशनलाई मान्यता दिन सकिएको छैन। अराजक ढङ्गबाट गरिएको छ। यो कुनै व्यक्तिगत पूर्वाग्रह होइन, विधानविपरीत कार्य भएको छ,” उनले भने।

उनले पार्टी विधान र प्रक्रियाअनुसार अघि बढ्नुपर्ने भन्दै भएका गल्ती सच्याएर पार्टीलाई अगाडि बढाउन सुझाव दिए।

सर्वोच्चबाट न्याय पाउने विश्वास

सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि आफूहरूको पक्षमा न्याय हुने विश्वास बढेको सिटौलाले बताए।

विशेष महाधिवेशनको वैधानिकता र त्यसबाट बनेको कार्यसमितिको आधिकारिकताबारे विवाद भइरहेका बेला सर्वोच्चमा पुनरावलोकनको प्रक्रिया अघि बढेको छ। सिटौलाले अदालतको अन्तिम निर्णयपछि पार्टीभित्रको विवाद समाधान हुने विश्वास व्यक्त गरे।

उनले कांग्रेसलाई विधान र लोकतान्त्रिक प्रक्रियाअनुसार अघि बढाउनुपर्नेमा जोड दिँदै व्यक्तिगत पूर्वाग्रहभन्दा पार्टीको संस्थागत हितलाई प्राथमिकता दिनुपर्ने बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निधि : १४औँ महाधिवेशनबाट आएको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्छ

तीन दशकको बैंकिङ यात्रामा नेपालको आर्थिक इतिहास : ‘नेपाल राष्ट्र बैंकमा तीन दशक’को समीक्षा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

निधि : १४औँ महाधिवेशनबाट आएको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्छ

हेटौँडा बसपार्कमा पार्किङ विवादले उग्र रूप लिँदा चार जना घाइते, चार जना पक्राउ

एसियाली खेलकुदको तयारीमा जुडो खेलाडीहरू

तीन दशकको बैंकिङ यात्रामा नेपालको आर्थिक इतिहास : ‘नेपाल राष्ट्र बैंकमा तीन दशक’को समीक्षा

ब्युँतियो १,६०० वर्षपछि फेरि सप्तपाताल : पोखरीसँगै फर्किँदैछ पाटनको पानी, सम्पदा र संस्कृति

Nepal’s Institutional Trust Faces Crisis, Hindering Governance

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu