ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निधि : १४औँ महाधिवेशनबाट आएको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्छ


ABC NEWS
३० श्रावण २०८३, शनिबार   १० : १५   बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको १५औँ महाधिवेशन आयोजना गर्ने वैधानिक अधिकार १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमै रहेको दाबी गरेका छन्।

संस्थापनइतर समूहले शुक्रबार आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निधिले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्यसमितिलाई आगामी महाधिवेशन आयोजना गर्ने अधिकार पार्टी विधानले नदिएको जिकिर गरे।

उनले पार्टीको आधिकारिक सभापति अझै पनि शेरबहादुर देउवा नै रहेको दाबी गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको निरन्तरतालाई अस्वीकार गरेर अर्को संरचनाबाट महाधिवेशन आयोजना गर्न खोज्नु विधानसम्मत नहुने बताए।

“१४औँ महाधिवेशनको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्ने हो। अराजक, अवैध रूपमा कब्जा गरेर आएको कमिटीलाई १५औँ महाधिवेशन गर्ने अधिकार विधानले दिएको छैन,” निधिले भने।

विशेष महाधिवेशनमाथि प्रश्न

निधिको अभिव्यक्ति कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न भएको वैधानिकता विवादसँग प्रत्यक्ष जोडिएको छ। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको दाबी गरिँदै आएको छ भने देउवा पक्षले त्यसलाई पार्टी विधानविपरीत भन्दै आएको छ।

निधिले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै पार्टीको वैधानिक निरन्तरता मानिनुपर्ने धारणा राख्दै आगामी महाधिवेशनलाई निष्पक्ष र विधिसम्मत रूपमा सम्पन्न गर्ने आधार राष्ट्रिय भेलाले तय गर्ने बताए।

देउवा नै आधिकारिक सभापति भएको दाबी

निधिले कांग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा नै रहेको दोहोर्‍याए। उनका अनुसार पार्टीको नियमित महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाएर विशेष प्रक्रियाबाट गठन भएको संरचनालाई वैधानिक मान्यता दिनु पार्टीको विधान र स्थापित प्रक्रियासँग मेल खाँदैन।

कांग्रेसभित्र विशेष महाधिवेशन, निर्वाचन आयोगको निर्णय र त्यससँग सम्बन्धित न्यायिक प्रक्रियाका कारण नेतृत्व तथा पार्टीको आधिकारिकताबारे विवाद चर्किएको छ। संस्थापनइतर समूहको राष्ट्रिय भेलामा अधिकांश नेताले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकता कायम गर्दै १५औँ महाधिवेशनको बाटो खोल्नुपर्ने धारणा राखेका छन्।

निधिले पनि यही विषयलाई केन्द्रमा राख्दै पार्टीको महाधिवेशन व्यक्तिको इच्छा वा समूहगत निर्णयका आधारमा नभई विधान र स्थापित लोकतान्त्रिक प्रक्रियाअनुसार हुनुपर्नेमा जोड दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रकाशमान सिंहको आरोप : ‘विशेष महाधिवेशन विधिसम्मत भएन’

कांग्रेस इतरपक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lula and Bolsonaro in Tight Race Ahead of Brazil’s Presidential Election

Cambridge Professor Jason Arday, Facing Plagiarism Claims, Found Dead

काठमाडौंका पाँच स्थानबाट आज ग्यास वितरण हुँदै

प्रकाशमान सिंहको आरोप : ‘विशेष महाधिवेशन विधिसम्मत भएन’

कांग्रेस इतरपक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल

चितवनको क्लबमा दुई समूहबीच झडप, चारजना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu