काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विशेष महाधिवेशन विधिसम्मत नभएको दाबी गरेका छन्।
शनिबार इतर पक्षको भेलालाई सम्बोधन गर्दै सिंहले पार्टीको विधान र नियमावली मिचेर विशेष महाधिवेशन गरिएको आरोप लगाए। आफूहरूले विधानअनुसार प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्दा पार्टी फुटाउन खोजेको आरोप लगाइएको भन्दै उनले असन्तुष्टि जनाए।
‘विधान र नियमावलीलाई मिचेर गरियो। हामीले विधानसम्मत भएर गरौँ भन्दा हामीलाई पार्टी फुटाउन दुष्प्रयास गर्यो भनियो। हामीले सत्य कुरा बोलेका हौँ,’ सिंहले भने।
पार्टी संस्थागत रूपमा चलाउनुपर्नेमा जोड
सिंहले नेपाली कांग्रेसलाई विधि, विधान र संस्थागत प्रक्रियाअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिए। पार्टीभित्र देखिएको विवाद समाधान गर्दै संस्थागत प्रक्रियाबाट अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले शनिबारको भेलाले पार्टीको आगामी १५औँ महाधिवेशनका लागि बाटो खुला गर्ने विश्वाससमेत व्यक्त गरे।
विशेष महाधिवेशनको प्रक्रिया विधानअनुकूल नभएको भन्दै सिंहले यसअघि पनि असहमति जनाउँदै आएका छन्। पछिल्लो अभिव्यक्तिमार्फत उनले आफ्नो अडानलाई पुनः स्पष्ट पारेका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्