ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश


ABC NEWS
३० श्रावण २०८३, शनिबार   १२ : ०५   बजे

 

काठमाडौँ । सर्वोच्च अदालतले एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक नगर्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार एनसेल आजियाटा लिमिटेडका तर्फबाट कम्पनी सचिव निशिका शर्माले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

अदालतले प्रतिवेदनलाई यथास्थितिमा राख्नसमेत भनेको छ। साथै, सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ।

व्यावसायिक गोपनीयता भंग हुन सक्ने चिन्ता

सर्वोच्चले प्रतिवेदन सार्वजनिक गर्दा कम्पनीको व्यावसायिक गोपनीयता भंग हुन सक्ने र त्यसबाट कम्पनी सञ्चालनमा कठिनाइ उत्पन्न हुनसक्ने उल्लेख गरेको छ।

आदेशमा प्रतिवेदनमा कम्पनीको लगानीसम्बन्धी विवरण, सञ्चालन विधि तथा कतिपय व्यापारिक गोप्य सूचना समावेश हुन सक्ने भएकाले त्यसलाई सार्वजनिक गर्दा कम्पनी तथा लगानीकर्तामा जोखिम उत्पन्न हुनसक्ने उल्लेख छ।

अदालतले संविधानको धारा २८ अन्तर्गतको गोपनीयताको हक, वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५, आयकर ऐन, २०५८ तथा सूचनाको हक सम्बन्धी ऐनका प्रावधानसमेतलाई आधार बनाएको छ।

टंकमणि शर्मा नेतृत्वमा बनेको थियो समिति

सरकारले २०८० मंसिर २१ गते पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा एनसेलको शेयर बिक्रीसम्बन्धी छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको थियो।

समितिले २०८० माघ १५ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो। सरकारले हालै उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेपछि एनसेलले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको हो।

अदालतको अन्तरिम आदेशपछि अब सरकारको लिखित जवाफ र त्यसपछिको सुनुवाइबाट प्रतिवेदन सार्वजनिक गर्ने विषयको टुंगो लाग्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको विधान संशोधनका लागि रमेश लेखकले पेस गरे ४३ बुँदे अवधारणा

चुनावपछि पहिलो पटक गृहजिल्ला झापा पुगे ओली, इलाममा पनि कार्यक्रम

सम्बन्धित

अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्छ : सीएनआई अध्यक्ष पाण्डे

बैंकिङ कसुरमा १४ लाख जरिवाना ठहर भएका फरार व्यक्ति पक्राउ

नालाको सांस्कृतिक तथा पर्यटकीय सम्भावना

चन्द्रपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा

काठमाडौंका पाँच स्थानबाट आज ग्यास वितरण हुँदै

चितवनको क्लबमा दुई समूहबीच झडप, चारजना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu