ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विजयपुर खोलामा बगेर एक बालक बेपत्ता, एकको उद्धार


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ४ : ३५   बजे

पोखरा । पोखरा महानगरपालिका–२६, सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिक विजयपुर खोला तर्ने क्रममा शनिबार एक बालक बेपत्ता भएका छन्।

शनिबार दिउँसो करिब १ बजे पोखरा–२६ को विजयबस्तीबाट विजयपुर खोला तरेर सक्नेरीतर्फ जाने क्रममा करिब १४–१५ वर्ष उमेरका दुई बालकलाई खोलाले बगाएको थियो। तीमध्ये एक बालक सम्पर्कमा आए पनि अर्का बालक अझै बेपत्ता छन्।

बेपत्ता बालक पोखरा–१४ का ओमन राई रहेको खुलेको छ। सम्पर्कमा आएका बालक भने पोखरा–१४ छिनेडाँडाका निकसन गुरुङ हुन्।

खोजी तथा उद्धारमा प्रहरी र सशस्त्र प्रहरी परिचालन

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकीको कमान्डमा सात जना, जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक रामजी देवकोटाको कमान्डमा सात जना र वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक तेजप्रसाद कँडेलको कमान्डमा सात जना प्रहरी परिचालन गरिएको छ।

यस्तै, सशस्त्र प्रहरी बेस क्याम्प कुडहरबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमान्डमा नौ जनाको गोताखोर टोली समेत खोजी तथा उद्धारमा खटिएको छ।

टोलीले विजयपुर खोलामा बेपत्ता बालकको खोजी गर्नुका साथै घटनाबारे थप विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय शिशुवाबाट करिब ६ किलोमिटर पश्चिम–दक्षिणतर्फ पर्छ।

बेपत्ता ओमन राईको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तनहुँ र लमजुङमा भारी वर्षा, मादीखोलालगायत नदीमा बहाव बढ्न सक्ने

खगराज भट्टको पहिलो निर्णय : सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बागलुङमा गण्डकी प्रदेशस्तरीय सिर्जनात्मक बाल कार्यक्रम सुरु

लोकभाकाका गायक प्रकाश दुतराज अब ‘लोक ब्याण्ड’ लिएर देश दौडने

मोदीको १३औँ स्वतन्त्रता दिवस सम्बोधन : ‘सप्तधारा’मार्फत विकसित भारत बनाउने घोषणा

तनहुँ र लमजुङमा भारी वर्षा, मादीखोलालगायत नदीमा बहाव बढ्न सक्ने

खगराज भट्टको पहिलो निर्णय : सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार

स्वास्थ्य बिमा अब घरबाटै अनलाइन दर्ता र नवीकरण गर्न सकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu