ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एभरेस्ट वुमन्स भलिबल लिगको तेस्रो संस्करण असोज १५ देखि


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ५ : २५   बजे

काठमाडौँ । एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्लूभी)को तेस्रो संस्करण आगामी असोज तेस्रो साता आयोजना हुने भएको छ। ईडब्लूभीले शनिबार प्रतियोगिताको मिति सार्वजनिक गरेको हो।

आयोजकका अनुसार प्रतियोगिता असोज १५ देखि २४ गतेसम्म काठमाडौंको दशरथ रंगशाला कभर्ड हलमा सञ्चालन हुनेछ। नेपाल भलिबल संघले पनि प्रतियोगिताको मितिलाई स्वीकृति दिइसकेको छ।

अघिल्ला दुई संस्करणको सफलता र बढ्दो लोकप्रियतासँगै तेस्रो संस्करणलाई थप भव्य, प्रतिस्पर्धात्मक र व्यवस्थित बनाउने तयारी भइरहेको ईडब्लूभीले जनाएको छ।

लिगले महिला भलिबल खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्दै आएको छ। तेस्रो संस्करणले नेपालमा महिला भलिबलको विकास, विस्तार र खेलाडीको क्षमता अभिवृद्धिमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

महिला भलिबलको विकासमा जोड

ईडब्लूभीका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य महिला भलिबल खेलाडीलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउनु हो। साथै, नेपालमा महिला भलिबलको विकास र विस्तारसँगै खेलप्रति आकर्षण बढाउनु पनि लिगको लक्ष्य रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजनको षड्यन्त्र भयो : विमलेन्द्र निधि

दाइजो प्रथा अन्त्य गर्न सामूहिक प्रयास आवश्यक : उपसभामुख ठाकुर

सम्बन्धित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘भीसी कप फुटसल’ सुरु

विराटनगर किंग्सको मुख्य प्रायोजक बन्यो एक्सट्रिम

एसियाली खेलकुदको तयारीमा जुडो खेलाडीहरू

एसीसी प्रिमियर कपमा नेपाललाई ‘गर या मर’को चुनौती, परिवर्तनपछि नयाँ सन्देशसहित मैदानमा उत्रिँदै टोली

लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३ को शीर्ष आठको सेमिफाइनल समीकरण पूरा भएको छ ।

क्यूकेएस अन्तरविद्यालय फुटसलमा काष्ठमण्डप, जोन डेवी र भक्तपुर निस्ट च्याम्पियन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu