ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘भीसी कप फुटसल’ सुरु


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ५ : ३५   बजे

रूपन्देही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा ‘उपकुलपति (भीसी) कप फुटसल प्रतियोगिता–२०८३’ शनिबारदेखि सुरु भएको छ।

प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी, विद्यार्थी तथा आबद्ध विभिन्न पक्षबीच आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिता दुई दिनसम्म चल्नेछ। घोराहीको भरतपुर रोड नजिकै रहेको पुरानो हाउस फुटसल मैदानमा भइरहेको प्रतियोगितामा चिकित्सक, विद्यार्थी र कर्मचारी गरी १० वटा टोली सहभागी छन्।

प्रतियोगिताको उद्घाटन प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख तथा अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइलीले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै डा. रसाइलीले व्यस्त कार्यतालिकाबीच खेलकुदले चिकित्सक, कर्मचारी तथा विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्यसँगै आपसी सम्बन्ध मजबुत बनाउन सहयोग गर्ने बताए।

उनले प्रतिष्ठानमा कार्यरत जनशक्तिबीच आपसी परिचय, सहकार्य र टीम भावना विकास गर्न यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने भन्दै प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।

भोलिसम्म सञ्चालन हुने

प्रतियोगितामा सहभागी टोलीबीच प्रतिस्पर्धा भइरहेको छ। फुटसलले प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थीबीच खेलकुदप्रतिको रुचि बढाउनुका साथै कार्यस्थलमा सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ। उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई उपकुलपति प्राडा अजयकुमार मिश्रले पुरस्कार तथा सम्मान प्रदान गर्नेछन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोदीले दिए प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद, नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजनको षड्यन्त्र भयो : विमलेन्द्र निधि

सम्बन्धित

एभरेस्ट वुमन्स भलिबल लिगको तेस्रो संस्करण असोज १५ देखि

विराटनगर किंग्सको मुख्य प्रायोजक बन्यो एक्सट्रिम

एसियाली खेलकुदको तयारीमा जुडो खेलाडीहरू

एसीसी प्रिमियर कपमा नेपाललाई ‘गर या मर’को चुनौती, परिवर्तनपछि नयाँ सन्देशसहित मैदानमा उत्रिँदै टोली

लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३ को शीर्ष आठको सेमिफाइनल समीकरण पूरा भएको छ ।

क्यूकेएस अन्तरविद्यालय फुटसलमा काष्ठमण्डप, जोन डेवी र भक्तपुर निस्ट च्याम्पियन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu