ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकभाकाका गायक प्रकाश दुतराज अब ‘लोक ब्याण्ड’ लिएर देश दौडने


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ६ : २५   बजे

बागलुङ । लोकभाकाका दर्जनौँ चर्चित गीतमार्फत लोकप्रियता कमाएका गायक प्रकाश दुतराज अब समूह ब्याण्डसहित दर्शकमाझ आउने भएका छन्। उनले पञ्चेबाजा, लोक तथा सांस्कृतिक बाजासहितको ब्याण्ड बनाएर नयाँ अभ्यास सुरु गर्न लागेका हुन्।

दुतराजका अनुसार भदौ १२ गते आफ्नै जन्म जिल्ला म्याग्दीबाट यो अभियान सुरु हुनेछ। त्यसपछि ब्याण्डसहित देशका विभिन्न स्थानमा पुग्ने उनको योजना छ। आधुनिक तथा पप गीतका गायकहरू ब्याण्डका रूपमा प्रस्तुत हुँदै आए पनि लोकभाकालाई केन्द्रमा राखेर ब्याण्ड निर्माण गर्नु नयाँ अभ्यास भएको उनले बताए।

‘यो नयाँ अभ्यास पनि हो, काम गर्दै सिक्दै जानेछु,’ दुतराजले भने, ‘पहिलो अभ्यास आफ्नै जिल्लाबाट थाल्न लागेको छु।’

उनले अभियानका लागि ३५ जनाको समूह तयार पारेका छन्। यसअघि मेला तथा महोत्सवमा एकल रूपमा प्रस्तुति दिँदै आएका दुतराज अब समूहमा सांगीतिक प्रस्तुति दिने तयारीमा छन्। पहिलो चरणमा निःशुल्क कार्यक्रम गर्दै अभियान अघि बढाउने उनको योजना छ। म्याग्दी उद्योग वाणिज्य संघलगायत स्थानीय संस्थाले अभियानमा सहयोग गरेका छन्।

मौलिक बाजासहित प्रस्तुति

‘रिमै’, ‘जाम भो माइली’, ‘घर कता हो बैनीको’, ‘करिमा’ र ‘मनमाया’लगायत गीतबाट चर्चित दुतराजका अधिकांश सिर्जना ग्रामीण परिवेश, सामूहिक नृत्य र मौलिक लोकभाकामा आधारित छन्।

आफ्नै संकलन, रचना तथा गायन रहेका गीतलाई अब मौलिक लोकबाजाको ब्याण्डमार्फत प्रस्तुत गर्ने उनको योजना छ। पञ्चेबाजा, लोक तथा विभिन्न सांस्कृतिक बाजालाई प्रस्तुतिको मुख्य आधार बनाइनेछ।

दुतराज आउने खबरले देशभरका मेला तथा महोत्सवमा दर्शकको ठूलो भीड लाग्ने गरेको छ। दर्शकको यही रुचि र मागलाई ध्यानमा राखेर ब्याण्डको अवधारणा अघि सारेको उनले बताए।

‘यो मेरो सपना हो, सफलतामा पुग्ने चाहना छ,’ उनले भने, ‘पहिलो चरणको अभियानमा साथ, सहयोग र सुझाव दिएर लोकसंगीतको ब्याण्डलाई सफल बनाउने जिम्मा श्रोता–दर्शकको हुनेछ।’

नयाँ सांगीतिक अभ्यास

बन्द कोठामा गीत रेकर्ड गरेर श्रोता–दर्शकमाझ पुग्दै आएका दुतराज अब खुला मञ्चमा ठूलो समूह र मौलिक बाजासहित प्रस्तुत हुने तयारीमा छन्। उनले पत्रकार सम्मेलनमार्फत आफ्नो नयाँ सांगीतिक अभियानबारे जानकारी दिएका छन्।

पहिलो चरणमा निःशुल्क कार्यक्रम गर्दै देशभरका मेला तथा महोत्सवमा पुग्ने र अभियानलाई क्रमशः विस्तार गर्ने दुतराजको योजना छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास किन्न परिचयपत्र अनिवार्य गरिएको भन्दै ज्ञानेन्द्र शाहीको सरकारमाथि प्रश्न

चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

सम्बन्धित

काठमाडौंका ‘जीवित ख्याः’ सम्झिँदै महेश रानाको रहस्यमय कथा

महिला केन्द्रित कथा चम्किँदा बदलिँदै नेपाली सिनेमाको ‘हिरो’ परिभाषा

प्रेमको विद्रोहदेखि विश्वासको विजयसम्म : ‘विद्रोह’मा दस वर्षको प्रतीक्षा र अटल प्रेम

समय रैनासहित पाँच कमेडियनविरुद्धको आपराधिक मुद्दा खारेज

रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक

नेपाली साहित्य बजारमा नयाँ कृतिको आगमन : कविता, उपन्यासदेखि देवकोटाका समग्र निबन्धसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu