ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंका ‘जीवित ख्याः’ सम्झिँदै महेश रानाको रहस्यमय कथा


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ६ : ४५   बजे

 

काठमाडौं । मस्टो परिवार र सर्वनाम थिएटरको संयुक्त आयोजनामा काठमाडौंस्थित सर्वनाम थिएटरमा ‘किम्बदन्तीमा काठमाडौं’को पहिलो शृङ्खला सम्पन्न भएको छ।

पहिलो शृङ्खलामा ‘काठमाडौंका जीवित ख्याःहरू’ विषयमा महेश रानाले करिब दुई घण्टासम्म काठमाडौंका ख्याःसँग जोडिएका रोचक, रहस्यमय तथा रोमाञ्चक अनुभव र लोककथा सुनाउनुभयो।

आज ख्याः सम्झने तथा जल चढाउने पर्वका रूपमा समेत लिइन्छ। काठमाडौंका पुराना रैथानेको स्मृतिमा मात्र सीमितजस्तो देखिए पनि करिब चार दशकअघिसम्म नेपाल मण्डलको लोकजीवनमा ख्याःको उपस्थिति निकै सशक्त रहेको बताइन्छ। ख्याःसँग सम्बन्धित श्रुति, स्मृति, लोकविश्वास र तान्त्रिक परम्परा तत्कालीन जनजीवनसँग गहिरोसँग जोडिएका थिए।

लोकविश्वासअनुसार सेतो ख्याः बसेको वा पालिएको घरमा धन, ऐश्वर्य र समृद्धिको अभाव नहुने मान्यता थियो। तान्त्रिक साधना र गुप्त विद्यामा समेत ख्याःलाई अदृश्य शक्तिको वाहक तथा रक्षकका रूपमा लिइन्थ्यो।

नेपाल मण्डलका विभिन्न तान्त्रिक परम्परामा ख्याःसँग जोडिएका आख्यान, साधना र रहस्यमय विश्वासहरू अझै पनि पुस्तान्तरण हुँदै आएका छन्।

आगो सल्काउनेदेखि बाटो छेक्नेसम्म

कार्यक्रममा रानाले विभिन्न प्रकारका ख्याःसँग जोडिएका लोककथा र अनुभव सुनाउनुभयो।

औँलामा आगो सल्काएर हिँड्ने मिप्वाः ख्याः, जीउभरि भुत्लाले ढाकिएको धापलां ख्याः, यात्राका क्रममा खुट्टामा गुल्टिन आउने भकुंग्वारा ख्याः तथा बाटोमा हिँड्दाहिँड्दै अचानक छोपिने लँपं ख्याः लगायतका मायावी कथाहरू पुरानो पुस्ताको स्मृतिमा अझै जीवित रहेको उहाँले बताउनुभयो।

ख्याः भूतप्रेत मात्रै होइन

रानाका अनुसार ख्याःलाई केवल भूतप्रेतका रूपमा बुझ्नु उपयुक्त हुँदैन। यो नेपाल मण्डलको संस्कृति, लोकविश्वास र तान्त्रिक परम्परासँग जोडिएको सांस्कृतिक विम्बसमेत हो।

उहाँले ख्याःले मानिसलाई सकारात्मक ऊर्जा प्रदान गर्ने तथा पुर्खाको संरक्षण गर्ने विश्वास रहेको बताउनुभयो।

कार्यक्रमले आधुनिक पुस्तामाझ हराउँदै गएको काठमाडौंको मौलिक लोकविश्वास, किम्बदन्ती र सांस्कृतिक स्मृतिलाई पुनः सम्झाउने प्रयास गरेको आयोजकले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास किन्न परिचयपत्र अनिवार्य गरिएको भन्दै ज्ञानेन्द्र शाहीको सरकारमाथि प्रश्न

चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

सम्बन्धित

लोकभाकाका गायक प्रकाश दुतराज अब ‘लोक ब्याण्ड’ लिएर देश दौडने

महिला केन्द्रित कथा चम्किँदा बदलिँदै नेपाली सिनेमाको ‘हिरो’ परिभाषा

प्रेमको विद्रोहदेखि विश्वासको विजयसम्म : ‘विद्रोह’मा दस वर्षको प्रतीक्षा र अटल प्रेम

समय रैनासहित पाँच कमेडियनविरुद्धको आपराधिक मुद्दा खारेज

रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक

नेपाली साहित्य बजारमा नयाँ कृतिको आगमन : कविता, उपन्यासदेखि देवकोटाका समग्र निबन्धसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu