ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ७ : ३५   बजे

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव कायमै छ। हाल बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षासमेत भएको छ।

आइतबार र सोमबार पनि वर्षा

महाशाखाले आइतबार र सोमबार देशभर साधारणतया बदली रहने पूर्वानुमान गरेको छ। आइतबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

गण्डकी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी एवं तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

सोमबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना रहनेछ। कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा समेत मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

सुदूरपश्चिममा धेरै भारी वर्षाको जोखिम

महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

भारी वर्षाका कारण बाढी, पहिरो तथा सडक आवागमनमा अवरोध हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शनिबार काठमाडौंमा ६८ सय एलपी ग्यास सिलिन्डर बिक्री, आइतबार थप ७ स्थानमा वितरण

२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China Condemns Japanese Shrine Visits, Accusations of Revising Wartime History

Nepal Launches Online Portal for National Health Insurance

Beyond Critique: Reclaiming Karl Marx’s Vision of a Flourishing Society

शनिबार काठमाडौंमा ६८ सय एलपी ग्यास सिलिन्डर बिक्री, आइतबार थप ७ स्थानमा वितरण

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्विरोध निर्वाचित

२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu