ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ता


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ८ : ४५   बजे

काठमाडौं । नेपालमा मनसुनजन्य विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका छन्। ती घटनामा ४३ जना घाइते भएका छन्।

पहिरोबाट मात्रै १० जनाको मृत्यु

प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा पहिरोबाट मात्रै १० जनाको मृत्यु भएको छ। विपद्का कारण देशभर १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, पाँच चौपायाको क्षति भएको र करिब ६ लाख ४७ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

विपद् प्रतिकार्य तथा उद्धारका लागि देशभर २ सय ६१ जना प्रहरी परिचालन गरिएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

स्याङ्जामा १५२.९ मिलिमिटर वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ८ः४५ बजेसम्म ४ सय १४ वर्षा मापन केन्द्रमध्ये ३ सय ४५ केन्द्रमा वर्षा मापन भएको छ।

सबैभन्दा धेरै वर्षा स्याङ्जाको पञ्चमुलमा १५२.९ मिलिमिटर रेकर्ड भएको छ।

२४ घण्टाको अवधिमा अधिकतम तापक्रम चितवनको रामपुरमा ३८ डिग्री सेल्सियस मापन भएको छ। न्यूनतम तापक्रम भने मुस्ताङको मार्फामा ८.८ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।

वैशाखयता २२९ जनाको मृत्यु

चालु आर्थिक वर्ष २०८३ वैशाख १ गतेदेखि साउन २९ गतेसम्म देशभर ४ हजार ६ सय ५९ वटा विपद्का घटना भएका छन्।

यी घटनामा परी २२९ जनाको मृत्यु, ९ जना बेपत्ता र १ हजार ४ सय ६३ जना घाइते भएका छन्। विपद्बाट ५ हजार ७ सय ९ परिवार प्रभावित भएको प्राधिकरणको तथ्यांक छ।

यस अवधिमा सबैभन्दा बढी मानवीय क्षति सर्पदंश र पहिरोका कारण भएको प्राधिकरणले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

दुई करोड ५० लाख खर्चिएको विद्युतीय शवदाह गृह सञ्चालनमै अन्योल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नाटाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

दुई करोड ५० लाख खर्चिएको विद्युतीय शवदाह गृह सञ्चालनमै अन्योल

सुस्तामा नारायणी नदीको कटान र डुबान

एआईले ट्राफिक व्यवस्थापनदेखि सवारी सुरक्षासम्म परिवर्तन ल्याउन सक्छ : सूर्यांश वैद्य

China Condemns Japanese Shrine Visits, Accusations of Revising Wartime History

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu