काठमाडौँ । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा भरतजंग पाण्डे निर्विरोध निर्वाचित भएका छन्। नाट्टाको ५९औँ वार्षिक साधारणसभाले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो।
साधारणसभाबाट सुनिल शर्मा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, सविता केसी भट्टराई उपाध्यक्ष, राजकुमार देवकोटा महासचिव, रमेश पराजुली सचिव, दिकी शेर्पा कोषाध्यक्ष र जीवन कोइराला सहकोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार सदस्य पदमा स्मारिका थापा, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभाष पौडेल निर्वाचित भएका छन्।
पर्यटन क्षेत्रको विकासमा पहल गर्ने प्रतिबद्धता
नाट्टाको नयाँ कार्यसमितिले नेपालको पर्यटन क्षेत्रको विकास, पर्यटन व्यवसायको प्रवर्द्धन तथा ट्राभल व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले आफ्नो नेतृत्वमा नाट्टालाई थप व्यवस्थित, प्रभावकारी र व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्